ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना संकटबीच उद्योगमा अर्बाैं लगानी

२०७७ मंसिर, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । कोरोना संकटका कारण चलिरहेका उद्योगहरू धराशयी बन्दै गएको गुनासो आइरहेका बेला युवा उद्यमीहरूले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगमा अर्बाैंको लगानी गरेका छन् ।

युवा उद्यमी गौरवजंग रानाले दुहबी नगरपालिका–२ मा लालीगुराँस एग्रो इन्डस्ट्रिज प्रालिमा झन्डै १२ करोड लगानी गरेका छन् । उद्योगले तत्काल चामलको भुजा उत्पादन गरी बजारमा ल्याएको छ भने मकैको कन्प्mलोर, चोकर, ब्रान, पिठो र बेसन उत्पादन गर्ने तयारी थालेको छ । उद्योगले बन्दाबन्दीकै अवधिमा राम्रो बजार पाएकोमा उनी दंग छन् । कोरोनाले विश्वको अर्थतन्त्र ओरालो लागेको बेला आपूmले करोडौं लगानी गर्दा डुब्ला कि भन्ने उनलाई लागेको थियो । तर, सरकारले ढुवानी खुला गरेपछि समयमै जोखिम उठाएकोमा गर्व लागेको उनले बताए ।

उनको उद्योगमा अहिले ४५ जना प्रत्यक्ष रोजगार छन् । प्रदेश नम्बर १ को बजारमा उनको उद्योगको सामग्री पठाइरहेका छन् । उपभोक्ताले पनि रुचाएका कारण विस्तारै अन्य खाद्य सामग्रीको उत्पादन पनि शुरू गर्ने सोचमा रहेको उनको भनाइ छ ।

कोरोना महामारीको कारण छाला निर्यातमा समस्या आएपछि दुहबीमा रहेको युनाइटेड ट्यानरिजले छाला प्रशोधन गरेर नेपालमै जुत्ता बनाउने नया“ प्लान्ट नै स्थापना ग¥यो । नेपालबाट छाला प्रशोधन गरी चीन, इटली, फ्रान्स, टर्की, ल्याटिन अमेरिका पठाउँदै आएको युनाइटेड लेदरले कोरोनाका कारण सबैतिरबाट अर्डर रद्द हुन थालेपछि छाला जुत्ता उद्योग स्थापना गरेको हो ।

उद्योगका सञ्चालक परवेज अख्तरका अनुसार उद्योगमा का“चो, अर्धप्रशोधित, प्रशोधित र तयारी छाला गरी ५० करोड रुपैयाँभन्दा बढीको मालवस्तु मौज्दात थियो । तयारी छालाको निकासी ठप्प भएपछि उनले जुत्ता र चप्पल बनाउन युनाइटेड रियल लेदर नामक कारखाना दर्ता गरे । आप्mनो उत्पादन दशैंअघि नै बजारमा ल्याए ।

उद्योगका अर्का सञ्चालक मजहर हकले २० करोड रुपैया“को लगानीमा जुत्ताको सानो कारखाना सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार व्यापार विस्तारसँगै उद्योगको क्षमता बढाउने योजना छ । उद्योगमा अहिले १० प्राविधिकसहित ५० जनाले रोजगारी पाएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरबाटै जनावरका काँचो छाला संकलन गरी उद्योगमा ल्याउने र यही“को छालाबाट जुत्ता र चप्पल निर्माण गरिरहेको सञ्चालक मजहरले बताए । ‘हामी छाला भनेर रेक्जिन दिँदैनौं, जुत्ताको सोल चीनबाट आउ“छ, बा“की सबै सामग्री स्वदेशी नै प्रयोग गर्छाैं ।’ विराटनगरका युवा व्यवसायीको ८० करोड रुपैयाँ लगानीमा खुलेको अमेरिकी कम्पनी आरसी कोलाको उत्पादन अहिले बजारमा उपलब्ध हुन थालेका छन् । बन्दाबन्दीकै अवधिमा उत्पादन शुरू गरे पनि बजारमा पु¥याउन नपाएको ६ प्रकारका पेयपदार्थ अहिले उपलब्ध हुन थालेका छन् । मकवानपुरको मनहरीमा भेन्चुरा बोटलर्स उद्योग स्थापना भएको हो ।

विराटनगरका उद्धवप्रसाद आचार्यलगायत युवा उद्यमीको समूहले अमेरिकी कम्पनीको फ्रेन्चाइज लिएर आरसी कोला ब्रान्डका पेय पदार्थ नेपाली बजारमा ल्याएको हो । उद्योगमा २० जना स्थायी कर्मचारी रहे पनि १५० ले रोजगारी पाएका छन् । नेपालमा चप्पलको उत्पादन गर्ने विराटनगरको म्याजिक समूहले २५ करोड रुपैयाँ लागतमा काठ र प्लाइउडको विकल्पमा प्रयोग गर्नेगरी ‘प्लास्टिक बेस’ वस्तुको उत्पादन र मार्केटिङ शुरू गर्दागर्दै बन्दाबन्दीमा ठप्प भएको उद्योग पुनः सञ्चालनमा ल्याएको छ ।

बन्दाबन्दीको अवधिमा सुनसरी मोरङ औद्योगिक कोरिडोरमा एक दर्जन स्यानिटाइजर र मास्क उद्योग खुलेका छन् । साबुन र डिटरजेन्ट पाउडर मात्रै उत्पादन गर्दै आएको हिमगिरि हाइजिन प्रालिले यही बीचमा आउरा ब्रान्डको स्यानिटाइजर उत्पादन बजारमा ल्याइरहेको छ । मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजू र अध्यक्ष प्रकाश मुन्दडाको संयुक्त लगानीमा स्यानिटाइजर उद्योग खुलेको हो । उद्योगी महेश सोनीले साबुन तथा डिटरजेन्ट उद्योगमा स्यानिटाइजर उत्पादन गर्ने युनिट औषधि व्यवस्था विभागमा दर्ता गराएर उत्पादन थालेका छन् । त्यसैगरी इटहरी उपमहानगरपालिकाको खनारमा पुराना काम नलाग्ने कागज प्रशोधन गरेर नया“ कागज बनाउने उद्योगसमेत यस अवधिमा सञ्चालनमा आएको छ । दैनिक सवा सय मेट्रिक टन पुरानो कागज प्रशोधन गरेर सो उद्योगले १ सय टन नया“ कागज उत्पादन गर्दै आएको छ । अरिहन्त कोरुगेशनले झुत्रा कागज प्रशोधन गर्न थालेको हो । उद्योगका सञ्चालक पारस लुनियाका अनुसार गत वर्षदेखि नै लगानी गरिएको उद्योग बन्दाबन्दीकै बीचमा सञ्चालनमा ल्याइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)