ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सत्तारुढ दल (नेकपा) को  सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् बैठक पनि आजै

२०७७ मंसिर, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar टीपी भुसाल

मंसिर ३, काठमाडौं । सत्ता सञ्चालन र पार्टीका आन्तरिक गतिविधिलाई लिएर पार्टी भित्रको विवाद चरमोत्कर्षमा पुगिरहेको समयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  सचिवालय बैठक बुधवार बस्ने भएको छ ।

अपरान्ह १ बजेका लागि बोलाइएको सचिवालयको बैठक सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेपनि बैठक निर्धारित समयमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

प्रधानमन्त्री ओलीले सचिवालय बैठक सार्न सचिवालयको बैठककै समयमा मन्त्रिपरिषद्को बैठक समेत बोलाउनु भएको थियो । तर,अन्य अर्का अध्यक्ष र अन्य सचिवालयका सदस्यहरुले बैठक सार्न नहुने अडान लिएपछि बैठक निर्धारित समयमै बस्ने भएको छ । तर आजको सचिवालय बैठकमा केहीबेर सहभागी भएर प्रधानमन्त्री ओली २ बजेको मन्त्रिपरिषद् बैठकमा सहभागी हुने बताइएको छ । 

प्रवक्ता श्रेष्ठले बहुमत सचिवालय सदस्यहरुले बैठक सार्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको जानकारी दिए । ‘हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यकम अनुसार अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ’, उनले ट्वीट मार्फत जानकारि दिएका छन् । 

अध्यक्ष प्रचण्डले गत शुक्रवारको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै आएका प्रधानमन्त्री ओलीले मंगलवार महासचिव विष्णु पौडेलमार्फत बैठक स्थगित गर्न आग्रह गर्नु भएको थियो ।

पार्टी भित्रको शक्ति संघर्ष बढ्दै जाँदा मंगलवार प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीसँग पनि छुट्टाछुट्टै भेटेका थिए ।मंगलवार साँझ अध्यक्ष प्रचण्डलाई शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले प्रचण्डलाई अहिले पूर्व सहमतिअनुसार कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न र अबको एक वर्षपछि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको प्रचण्ड निकट नेताहरुले बताएका छन् । 

जवाफमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले घात गरेकाले त्यसरी जान नसकिने बताएको उनीहरुले प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीको एकलौटी भयो भन्दै पार्टी भित्र चलेको शीक्त संर्घषले करीब- करीब पार्टि विभाजनको संघारमा पुगिसकको अवस्थामा बुधवार हुन लागेको बैठकलाई महत्वका साथ हेरिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)