ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रचण्डको ‘काउण्टर’मा प्रधानमन्त्री ओलीले छुट्टै प्रस्ताव ल्याउने

२०७७ मंसिर, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मङ्सिर १३ गते पुनः बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को ‘काउन्टर’मा छुट्टै प्रस्ताव ल्याउने बताएपछि सचिवालय बैठक सरेको हो । सत्ता सञ्चालन र पार्टीका आन्तरिक गतिविधिलाई लिएर पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको समयमा बुधवार नेकपाको सचिवालय बैठक बसेको थियो । बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेका लागि सार्ने निर्णय पनि गरेको छ ।

सचिवालयको बैठक सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे पनि अध्यक्ष प्रचण्ड र अन्य सचिवालयका सदस्यहरूले बैठक सार्न नहुने अडान लिएपछि बुधवार नै बैठक बसेको थियो । तर बुधवारको बैठकमा अध्यक्ष ओलीले आफूले पनि प्रस्ताव ल्याउने बताएपछि बैठक १० दिनपछि सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीभित्रको आन्तरिक विवाद लगायत सबै विषय र प्रस्ताव समेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयास गरिनेछ । आगामी मङ्सिर १३ गते बस्ने बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओली दुवैका प्रस्तावमाथि छलफल हुने श्रेष्ठले जानकारी दिए । यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव ल्याएपछि ओली पक्षले प्रचण्डलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको थियो भने प्रचण्ड पक्षले फिर्ता नलिने अडान लिएपछि नेकपामा विवाद चर्किएको थियो । पार्टीभित्रको शक्ति संघर्ष बढ्दै जाँदा मंगलवार प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छुट्टाछुट्टै भेटेका थिए । मंगलवार साँझ अध्यक्ष प्रचण्डलाई शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले प्रचण्डलाई अहिले पूर्व सहमतिअनुसार कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न र अबको १ वर्षपछि प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको थियो । जवाफमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले घात गरेकाले त्यसरी जान नसकिने बताएको उनीहरूले प्रतिक्रिया दिएका छन् ।

यसैबीच नेकपा महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरूको सामूहिक राजीनामाको प्रस्ताव ल्याएका छन् । बुधवार बसेको सचिवालय बैठकमा सबै सदस्यहरू पार्टीभित्रको समस्या समाधानमा असफल भएको भन्दै सामूहिक राजीनामाको प्रस्ताव ल्याएका हुन् । उनले अहिलेका सचिवालय सदस्यहरू पार्टीको विवाद हल गर्न असक्षम रहेको भन्दै दोस्रो पुस्ताका नेतालाई अवसर दिनुपर्ने धारणा राखेका थिए । अध्यक्ष ओलीले केही दिनअघि आपूmले अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा नगर्ने र नेतृत्व हस्तान्तरण गर्नुपर्ने भए अब नयाँ पुस्तालाई दिनुपर्ने अभिव्यक्ति दिएको केही दिनमै महासचिवबाट यो प्रस्ताव आएको हो । यो प्रस्ताव महासचिवबाट आए पनि प्रचण्ड पक्षलाई तर्साउन ओलीबाटै आएको प्रचण्ड पक्षको बुझाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)