ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : दोस्रोे टर्मिनलका लागि टेन्डरको तयारी

२०७७ मंसिर, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि टेन्डर प्रक्रियामा जाने तयारी गरेको छ । एशियाली विकास बैंक (एडीबी)ले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि थप १८ अर्ब ऋण स्वीकृत गरेपछि प्राधिकरणले सो तयारी थालेको हो ।

बैंकको बोर्ड बैठकले केही समयअघि नेपालका मुख्य विमानस्थलको स्तरोन्नतिका लागि १५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको थियो । एडीबीसँग यस विषयमा सम्झौता भई कार्यान्वयनको चरणमा गइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

यो रकमबाट मूल रूपमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनलगायत काम र त्रिभुवन विमानस्थलको समानान्तर ट्याक्सी वेको निर्माण, एप्रोन तथा पार्किङजस्ता पूर्वाधार निर्माण गरिने उनले बताए ।

‘त्रिभुवन विमानस्थल र गौतमबुद्धको मास्टर प्लानअनुसार नै यी काम हुनेछन् । एडीबीसँग सम्झौता भएकाले अब हामी छिट्टै टेन्डरको प्रक्रियामा जान्छौं,’ महानिर्देशक पोखरेलले भने ।

एडीबीको ऋण सहयोगमा यसअघि पनि त्रिभुवन विमानस्थलमा रनवे रि≈याबिलेटेशनदेखि धावनमार्ग विस्तारलगायत काम सम्पन्न गरिएको थियो ।

भैरहवामा दोस्रो चरणको कामअन्तर्गत सो ऋणबाट एरोब्रिजसहितको दोस्रो टर्मिनल भवनका साथै समानान्तर ट्याक्सी वे, पार्किङ वेलगायत भौतिक संरचनाहरू निर्माण गरिने महानिर्देशक पोखरेलले बताए ।

प्राधिकरणका अनुसार अहिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिलन भवन निर्माणका लागि डिजाइनको काम भइरहेको छ । यी सबै पूर्वाधार सम्पन्न गर्न करीब १० अर्ब रुपैयाँसम्मको लागत लाग्ने अनुमान छ ।

पहिलो चरणको भौतिक निर्माणका लागि पनि एडीबीले नै ऋण उपलब्ध गराएको थियो । यसको निर्माण कार्य सन् २०२० को अन्त्यसम्म सक्ने गरी काम भइरहेको छ ।

भैरहवामा विमानस्थलको निर्माण सन् २०१५ देखि शुरू गरिएको थियो । हाल विमानस्थलको धावनमार्ग, टर्मिनल तथा अन्य भौतिक काम सकिएको र उपकरण जडानको काम बाँकी रहको छ । उपकरण जडानका लागि विदेशी कामदार तथा प्राविधिक नेपाल ल्याउनुपर्ने तर कोभिड १९ का कारण ढिला भएको प्राधिकरणको धारणा छ । अहिले अन्तरराष्ट्रिय उडानसमेत खेलेको र उनीहरूलाई भिसा अनुमतिको प्रक्रिया शुरू भइसकेकाले अब छिट्टै उपकरण जडानलगायत काम सम्पन्न हुने गौतमबुद्ध विमानस्थल आयोजनाले जानकारी दिएको छ ।

२०७१ सालमा निर्माण शुरू भएको भैरहवा विमानस्थलमा दुईओटा ठेकेदार कम्पनी छन् । यसको भौतिक निर्माणको जिम्मा चीनको नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शनले पाएको छ । ६ अर्ब ७० करोड रुपैयाँमा ठेक्का पाएको यो कम्पनीलाई समय थप गर्दै आइएको छ । त्यस्तै यही आयोजनाका लागि उपकरण जडानको जिम्मा एरो थाइ नामक कम्पनीले गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

SUSHIL

[Nov 22, 2020 04:33am]

pahile suku ko sake paxi gareko vhaye kati ramro hunthiyo ra paisa ko pani dhukha hudainathiyo.NEPAL KO KANUN DAIBA AAFAI JANUN VHANTIYE HO RAHEXA



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)