ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमदत्तमा बहुप्राविधिक शिक्षालय सञ्चालन हुँदै

२०७७ मंसिर, ८  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने भएको छ । भीनपा र महाकाली अस्पतालको साझेदारीमा स्थापित महाकाली बहुप्राविधिक शिक्षालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटीई)बाट कक्षा सञ्चालनका लागि अनुमति पाएको छ ।

शनिवार एक कार्यक्रमका बिच शिक्षा विज्ञान तथा प्राविधिमन्त्री गिरिराजमणि पोखरेलका सल्लाहकार जीवन गौतमले प्राविधिक शिक्षालयका कक्षा सञ्चालनका लागि भीनपा प्रमुख सुरेन्द्र विष्ट र महाकाली उपप्रादेशिक अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीलाई अनुमतिपत्र  हस्तान्तरण गरे । मन्त्रालयले देशभरका सबै पालिकामा प्राविधिक शिक्षा पठनपाठनका लागि खाका तयार पारेको जानकारी गौतमले दिए । ‘डिप्लोमा स्तरको प्राविधिक शिक्षा पालिकाले समेत सञ्चालन गरे शीप विकासका साथै उद्यम व्यवसायमा टेवा पुग्छ,’ उनले भने, ‘यसबाट तयार हुने जनशक्ति स्थानीयस्तरमै रोजगार बन्न सक्छन् ।’ महाकाली उपप्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले सीटीईभीटीईबाट बहुप्राविधिक शिक्षालयले अनुमति पाएसँगै यस क्षेत्रको शैक्षिक विकास हुने बताए । त्यस्तै सीटीईभीटीईले प्रमाणपत्र तहका सात विषयका कार्यक्रम सञ्चालन, मेशिनरी औजार र प्रशिक्षकको व्यवस्थापन पूर्वाधार निर्देशिका र पाठ्यक्रम बमोजिम दक्ष प्रशिक्षक व्यवस्था गर्न अनुमति दिएको भीमदत्त नगरपालिकाले बताएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले शिक्षालयले अनुमति पाएसँगै कक्षा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए । उनका अनुसार प्रमाणपत्र तहका नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, रेडियो डाइग्नोजिष्टक, अप्थाल्मिक साइन्स, डिप्लोमा इन फार्मेसी लगायतका कक्षा सञ्चालन हुनेछन् । उक्त विषयमा ४० का दरले २८० विद्यार्थीले अध्ययन गर्न पाउने नगरपालिकाले बताएको छ । नगरपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालन गरेसँगै यस क्षेत्रका स्थानीय उत्साहित भएका छन् ।
नगर प्रमुख विष्टले चुनावी प्रतिबद्धता र जनताको चाहना, समयसापेक्ष शिक्षाको माग अनुरूप सीटीईभीटीईबाट सम्बन्धन प्राप्त शिक्षालय सञ्चालनमा ल्याइएको बताए । ‘हिजो हामीले जनतासँग जीवनोपयोगी, शीपमूलक शिक्षा बनाउने प्रतिबद्धता गरेका थियौं, त्यसैलाई कार्यान्वयनमा ल्याएक हौं, ‘अब यसलाई अझै विस्तार गर्नेछौं ।’ आम नागरिक एवं सरोकारवालाको सहकार्य, साथ र सर्मथनमा नयाँ अभ्यासको थालनी भएको उनको भनाइ छ । संविधानसभा सदस्य टिकेन्द्रप्रसाद भट्टले बहुप्राविधिक शिक्षालय सञ्चालनले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरे । स्थानीय तह भीमदत्त नगरपालिका र महाकाली अस्पतालको साझेदारी रहेको उक्त शिक्षालय दिगो रूपमा सञ्चालन हुनुपर्नेमा पनि उनले जोड दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)