ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन चिनी मिल यही सिजनबाट प्राधिकरणलाई विद्युत् बेच्दैै

२०७७ मंसिर, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । तीनओटा चिनी मिलले यही सिजनबाट नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बेच्ने भएका छन् । महोत्तरीको एभरेस्ट सुगर मिल्स, सर्लाहीको इन्दुशंकर सुगर मिल्स र बाराको रिलायन्स सुगर मिल्सले यसै सिजनदेखि प्राधिकरणलाई विद्युत् बेच्ने तयारी अगाडि बढाएका हुन् ।

नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले यही सिजनदेखि तीन मिलले विद्युत् बेच्न थाल्ने बताए । यसपालि चिनी मिलहरूबाट बढीमा ७ मेगावाट विद्युत् बेच्न सकिने उनको भनाइ छ ।

यसका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । ‘मिलदेखि नजीकको सबस्टेशनसम्म प्रसारण लाइन जोड्नेलगायत तयारी पूरा भएको छ,’ एभरेस्ट सुगरका सञ्चालकसमेत रहेका अग्रवालले भने, ‘यस सिजनदेखि तीनओटा मिलबाट बढीमा ७ मेगावाटसम्म विद्युत् प्राधिकरणलाई बेच्न सकिन्छ ।’ इन्दुशंकर र एभरेस्टले ३/३ मेगावाटको विद्युत् उत्पादन गर्ने गरी विद्युत् विकास विभागबाट अनुमति लिइसकेका छन् । साथै, विद्युत् प्राधिकरणसँग पनि पोस्टेड रेट (प्रति युनिट ८ रुपैयाँ ४० पैसा) मा विद्युत् खरीद विक्री सम्झौता गरिसकेका छन् । विभागबाट १० मेगावाटको विद्युत् सर्वेक्षण लाइसेन्स लिएको रिलयान्स सुगर मिल्सले पनि यसै सिजनदेखि विद्युत् बेच्ने बताइएको छ । रिलायन्सले विद्युत् उत्पादनको अन्तिम अनुमतिपत्र भने लिइनसकेको विभागका महानिर्देशन नवीनराज सिंहले जानकारी दिए ।

चिनी मिलहरू छिटोमा पनि यही पुसको पहिलो सातादेखि सञ्चालनमा आउँदै छन् । त्यसलगत्तै विद्युत् बेच्न सकिने सञ्चालकहरूको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले पनि यसै सिजनदेखि नै पीपीए भएका चिनी मिलबाट विद्युत् बेच्न सकिने बताएको छ ।

चिनी मिलहरू पुसको पहिलो सातादेखि बढीमा चैतसम्म सञ्चालनमा आउँछन् । हिउँदमा पानीको बहाव कम भएर विद्युत् उत्पादन घट्ने भएकाले चिनी मिलबाट उत्पादन हुने विद्युत्लाई महŒवका साथ हेरिएको छ ।

इन्दुशंकर सुगर मिल्सका सञ्चालक राजेश केडियाले यही सिजनदेखि नै विद्युत विक्री शुरू गरिने बताए । ‘विद्युत् विक्री गर्नका लागि ९५ प्रतिशत तयारी पूरा भइसकेको छ । तर, स्थानीयहरूको अवरोधका कारण करीब ८०० मीटर प्रसारण लाइन निर्माण गर्न सकिएको छैन,’ उनले भने, ‘यद्यपि, स्थानीय जतप्रतिनिधिसँग छलफल गरेर २/४ दिनमा नै त्यो टुंग्याउने तयारीमा छौं । कुनै पनि हालतमा यो सिजनदेखि विद्युत् बेच्न शुरू गर्छाैं ।’ हालसम्म इन्दुशंकर मिलले ५ मेगावाट विद्युत् निकालेर आफैले खपत गर्दै आएको छ । अब विद्युत् उत्पादन ८ मेवा पुर्‍याएर ३ मेवा विद्युत् प्राधिकरणलाई विक्री गर्ने मिलको तयारी छ ।

सरकारले मुलुकमा चरम लोडशेडिङ भएको बेला अर्थात् २०७२ मा नै चिनी उद्योगहरूलाई पनि विद्युत् उत्पादनमा सहभागी गराउने नीति ल्याएको थियो । तर, सरकारी तहबाट त्यसको कार्यान्वयन भने अभैm हुन सकेको छैन । चिनी मिलमा उखु पेलेपछि बाँकी हुने खोस्टालाई प्रयोग गरेर विद्युत् निकाल्न सकिन्छ । हाल अधिकांश चिनी मिलहरूले त्यही खोस्टालाई नै प्रयोग गरेर विद्युत् निकाली आफै खपत गर्दै आएका छन् । कतिपय उद्योगको विद्युत् उत्पादन बढी भएर खेर पनि जाने गरेको छ । यसरी विद्युत् खेर जाने विद्युत् विक्री गर्न उद्योगहरू अग्रसर देखिएका हुन् । विगत केही वर्षदेखि उखुको रकम भुक्तानीको विषयमा चिनी मिल र किसानहरूबीच विवाद जारी छ । उद्योगीहरूले आम्दानी कम भएर उखुको रकम भुक्तानी गर्न नसकिएको तर्क दिँदै आएका छन् । चिनी मिलहरूले विद्युत् विक्री गरेर थप आम्दानी गर्दा किसानहरूलाई भुक्तानी गर्न पनि सहज हुने सरोकारवालाहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)