ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय उडान थप गर्ने सीसीएमसीको निर्णय

२०७७ मंसिर, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar टीपी भुसाल

मंसिर ९, काठमाडौं । सरकारले अवस्था हेरि विदेशमा हुने उडान थप पर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरुमा उडान अनुमति दिने निर्णय जानकारी दिएको छ । 

मंगलवार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । 

‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकताअनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ’, उनले भने । 

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरे पनि तत्काल निषेधाज्ञा गर्ने वा के गर्ने भन्ने विषयमा भने कुनै निर्णय नभएको उनले जानकारी दिए । 

उपत्यकामा कोरोना संक्रमण बढिरहकोले सन्दर्भमा थप कडाई गर्नु पर्नेमा मेयरहरको जोड दिएका थिए । बैठकले उपत्यकामा रहेको एकीकृत एम्बुलेन्स सेवाको पर्किङ समस्या रहेकाले विभिन्न स्थानिय तहमा पार्किङका लागि व्यवस्थापन गर्ने निर्णय गरेको छ । 

त्यस्तै, विभिन्न सरकारी कार्यालयहरुमा एक दुई जनामा संक्रमण पोजेटिभ देखिने वित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेकाले त्यस्तो नगर्न पनि सीसीएमसीले निर्देशन दिएको छ । संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न बैठकले निर्देशन दिएको सचिव गुरागाईंले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)