ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सातदिने क्वारेन्टाइन अव्यावहारिक : पर्यटन व्यवसायी

२०७७ मंसिर, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै क्रमशः पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरे पनि विदेशी पर्यटकको हकमा सातदिने क्वारेन्टाइन अवधि कम नगर्दासम्म पर्यटक आउने सम्भावना कम देखिएको छ । कोरोना महामारीकै बीच कात्तिक १ गतेदेखि ट्रेकिङ र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरेको सरकारले मङ्सिर १ गतेदेखि विस्तारै पर्यटनका अन्य क्षेत्रहरू खुला गर्दै जाने रणनीति लिएको छ ।

स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्नेगरी पर्यटन मन्त्रालयले तयारी गरेको प्रस्ताव भने अभैm मन्त्रिपरिषद्बाट पास भएको छैन । तर, गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि विभिन्न धार्मिकस्थलहरू विस्तारै खुला गरिएका छन् । व्यवसायीहरूले आन्तरिक पर्यटन अलिकति चलायमान भए पनि अभैm वातावरण सहज बनिनसकेको र खासगरी अन्तरराष्ट्रिय पर्यटक आगमनको हकमा सातदिने क्वारेन्टाइन बाधक बनेको बताउँदै आएका छन् ।

सरकारले यसअघि नै समूहमा नेपाल आउने पर्यटकका लागि अनअराइभल भिसा खुला गरिसकेको छ । तर, त्यस्ता पर्यटक ७ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान लागू गरेको छ । सहज समयमा समेत नेपालमा आउने पर्यटकको औसत बसाइ साता दश दिन हुने गरेकोमा ७ दिन होटेल क्वारेन्टाइन बस्ने भनेपछि पर्यटकहरूले सोधखोज गरे पनि नेपाल आउने निर्णय गर्न नसकेको होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए ।

उनले सरकारले ठोस निर्णय गर्न नसक्दा समस्या भएको समेत गुनासो गरे । ‘हामीले विमानस्थलमा नै पीसीआर मेशिन राखेर पर्यटकहरूको परीक्षण गरिदिन्छौं । कम्तीमा तिन दिनको क्वारेन्टाइन गरौं भनेका छौं । तर, सरकार न आपूm गर्छ न अरूलाई गर्न दिन्छ । यो ढंगले पर्यटन खुलेर के गर्ने ?’ उनले प्रश्न गरे ।

उनले विदेशी पर्यटकको हकमा नेपालमा केही भइहाले कुन अस्पतालमा उपचार गर्न जाने, त्यसको प्रक्रिया के हुने भनेर नभन्दासम्म स्वास्थ्य जोखिम मोलेर कोही पनि आउन आँट नगर्ने बताए ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पनि यो विषयमा पर्यटन व्यवसायीहरूले पटकपटकभन्दा पनि सरकारले वास्ता नगरेको गुनासो गरे । ‘कोभिडकै बीचमा पर्यटकीय गतिविधि बढाउन नेपाल आउने पर्यटकको पीसीआर चेकजाँच छिटो गर्नुपर्छ । त्यसको लागि विमानस्थलमै पीसीआर मेशिन राख्न सकिन्छ ।

पर्यटकलाई उसलाई परिआएको अवस्थामा तत्काल राहत हुने ग्यारेन्टी गर्नुपर्ने छ । नभए भने जसरी यो अवस्थामा पर्यटक आउँदैन,’ उनले भने ।

कोभिड–१९ महामारीका कारण थला परेको नेपालको पर्यटनलाई माथि उठाउन आन्तरिक तथा बा≈य पर्यटकीय गतिविधि बढाउनुको विकल्प नभएको तर राज्यका कतिपय नीतिगत अस्पष्टताले वातावरण सहज नबनेको नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले बताए ।

लामो समय ठप्प रहेको नेपालको पर्यटन क्षेत्र पछिल्लो समयमा सामान्य रूपमा भए पनि चलायमान हुन थालेको छ । खासगरी पछिल्लो समय पदयात्रा र हिमाल आरोहणमा विदेशी पर्यटक आउन थालेका छन् । कोरोना भाइरसको महामारीका कारण सरकारले वसन्तऋतुमा पर्वतारोहण र पदयात्रासम्बन्धी सम्पूर्ण गतिविधिमा बन्देज लगाएको थियो । बन्दाबन्दी र निषेधाज्ञा हटेसँगै पर्वतारोहण र पदयात्राको अनुमति दिने निर्णय सरकारले गरेको थियो । तर, विभिन्न स्थानीय तहले यसमा अवरोध र लामो अवधिको क्वारेन्टाइनले पर्यटक आगमन आशा गरेअनुरूप नबढेको पर्यटन व्यवसायीहरूको धारणा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)