ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सेमा रेकर्ड नै रेकर्ड

२०७७ मंसिर, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । अर्थतन्त्रमा संकट देखिइरहेको बेला बिहीवार नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । शेयरबजार परिसूचक मापक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम र बजार पूँजीकरण पनि हालसम्मकै सर्वाधिक भएर नयाँ रेकर्ड कायम भएको छ ।

यो दिन यसअघिको ऐतिहासिक उच्च विन्दु १ हजार ८८१ पार गरी १ हजार ८९३ दशमलव २४ विन्दुमा पुगेको छ । हालसम्मकै उच्च विन्दु कायम गरेको दिन नेप्से परिसूचक १८ दशमलव ४३ अंकले बढेको हो । यसअघिको उच्च विन्दु नेप्सेले २०७३ साल साउन १२ गते कायम गरेको थियो ।

यो दिन कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रकमको शेयर कारोबार भयो । २०१ कम्पनीको ७० हजार ३ पटकको व्यापारमा बिहीवार रू. ७ अर्ब ६१ करोड ३० लाख ३० हजार बराबरको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर कारोबार भयो । यस दिन कारोबार रकमसँगै कारोबार कित्ता र व्यापार पटकमा समेत ऐतिहासिक रेकर्ड राखेको छ ।

बिहीवार कुल बजार पूँजीकरण रकम रू. २५ खर्ब ३७ अर्ब ४४ करोड २० लाख पुगेको छ । यसअघिको ऐतिहासिक विन्दु कायम गरेको समयमा बजारको कुल पूँजीकरण रू. २० खर्ब ७० अर्ब ९९ करोड ५० लाख थियो ।

बैंकको आधार ब्याजदर घट्दै गएकाले ऋणको ब्याजदर थप घट्ने आकलन गरी लगानीकर्ताले लगानी बढाएको देखिन्छ । लगानीका लागि अन्य क्षेत्र नभएको र बचतमा २ प्रतिशतमात्रै ब्याजदर पाएकाले लगानीकर्ताहरू शेयरबजारप्रति आकर्षित भएको विश्लेषकहरूको भनाइ छ ।

शेयर जानकार दिलीप मुनकर्मीका अनुसार सजिलो र सस्तो पैसाको उपलब्धता, कारोबारीहरूको सक्रियता अनि बजारप्रतिको मनोविज्ञानका कारण बजारमा लगानी बढेको हो । उनका अनुसार लगानीकर्तामा बियरिस चक्र पार गरेको विश्वासका कारण बजार अघि बढेको हो ।

बजार दिगो किसिमले अगाडि बढ्ने संकेत अझै नदेखापरेको उनको विश्लेषण छ ।

कारोबारको भोल्युम बढी देखिएकाले बजारले ऐतिहासिक विन्दु पार गरिसक्दा पनि लगानीकर्ताहरू अझै यही विन्दु बराबर बजार माथि जाने विश्वास राख्छन् । शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले कम्पनीको विस्तृत विवरण र लाभांशको अवस्था हेरेर लगानी गर्दा अहिलेको इन्डेक्समा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताए । बजार अझै बढ्नेमा कुनै शंका नभएको भन्दै उनले विगतको इतिहासलाई हेर्दा अबको ३ वर्षसम्म बजारले गति लिने विश्वास व्यक्त गरे । यसअघिको उच्च विन्दु १ हजार ८८१ मा शेयर किन्नेहरूको लागत मूल्य अझै कायम नभएको उनको भनाइ छ ।

उनले बजारको यो गतिलाई कायम राख्न नियामकले ब्रोकर कमिशन घटाउने प्रक्रियालाई जतिसक्दो चाडो निर्णयमा पु¥याउनुपर्ने बताए । बजारमा कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरिरहँदा ब्रोकर कमिशन घट्नुपर्ने माग लगानीकर्ता संघहरूको रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)