ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महासंघ चुनावमा प्रधान समूहको अग्रता

वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ

२०७७ मंसिर, १४  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि शनिवार सम्पन्न निर्वाचनमा शतप्रतिशत मत खसेको छ । प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेका अनुसार जिल्लानगर, वस्तुगत र एशोसिएट गरी तीनओटै संघबाट शतप्रतिशत मत खसेको हो ।

महासंघको निर्वाचन समितिमा एशोसिएटतर्पm ९०४, वस्तुगततर्पm १०१, जिल्लानगरतर्पm १०५ र द्विराष्ट्रिय ६ गरी कुल १ हजार १६ संस्था रहेका छन् । शनिवार बिहान ८ बजेदेखि काठमाडौंमा द्विराष्ट्रियबाहेक तीनओटा संघका लागि भएकोे महासंघको निर्वाचनमा सबै संस्थाका प्रतिनिधिहरू सहभागी भई मतदान गरेका हुन् । निर्वाचन जिल्लानगर, इशोसिएट र वस्तुगतका लागि फरक तीन ठाउँमा भएको थियो । कोभिड संक्रमित मतदान प्रतिनिधि र जिल्लानगरका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवन, वस्तुगतका लागि महासंघको कार्यालय टेकु र एशोसिएटका लागि कार्की वेंक्वेट बबरमहलमा मतदान केन्द्र बनाइएकोमा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको निर्वाचन अधिकृत न्यौपानले बताए ।
मतदानपछि निर्वाचन अधिकृत र उम्मेदवारको रोहबरमा मतपेटिका शिलबन्दी गरेर नेपाल प्रज्ञा प्रतिष्ठान ल्याई मतगणना जारी छ ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने महासंघको विधानअनुसार शेखर गोल्छाले अबको नेतृत्व गोल्छा सम्हाल्नेछन् । पटकपटक सहमतिको प्रयास गरिए पनि सहमति जुट्न नसक्दा वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । ढकालको प्यानलमा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, एशोसिएटतर्फ रामचन्द्र संघाई र जिल्लानगरतर्फ गुणनिधि तिवारी चुनावी मैदानमा छन् भने प्रधान प्यानलमा वस्तुगततर्फ अञ्जन श्रेष्ठ, एशोसिएटर्फ शौरभ ज्योति र जिल्ला नगरतर्पm दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् । जिल्लानगरतर्पm १८ कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगततर्पm १४ जनाका लागि २९ जना र एशोसिएटतर्फ १९ जनाका लागि ३३ जना गरी महासंघको विभिन्न पदमा १सय २७ चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

बेलुकी १० बजेसम्मको गणनाअनुसार वस्तुगततर्फको निर्वाचनमा ढकाल र प्रधान दुवै पक्षका ७/७ जना निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधिहरूमा वाग्मती प्रदेशबाहेक अन्यको मत परिणाम सार्वजनिक भइसकेको छ ।

महासंघमा केन्द्रीय सदस्यका लागि प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग संघबाट सन्दीप अग्रवाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

कोभिड–१९ का कारण गतवर्ष चैतदेखि रोकिएको महासंघको ५४ औं साधारणसभा मङ्सिर ११ देखि शुरू भएको थियो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अबको नेतृत्व सम्हाल्नेछन् ।

प्रदेशतर्फ निर्वाचित
प्रदेश १ : राजेन्द्र राउत (निर्विरोध)
प्रदेश २ : विजय कुमार शाह (१२)
वागमती : बाँकी
गण्डकी : बाबुराम गिरी (९)
लुम्बिनी : जसमेर मियाँ (१०)
प्रदेश ६ : लालिमान बुढा (७)
सुदूर पश्चिम : पुष्पराज कुँवर (८)

वस्तुगततर्फ निर्वाचित
नरेशलाल श्रेष्ठ : ७२
सुमितकुमार केडिया : ६६
आकाश अधिकारी : ४९
प्रकाश सिंह कार्की : ५७
भक्तबहादुर हमाल : ६२
सुबोधकुमार गुप्ता : ५५
हेमराज ढकाल : ५५
अरनिको राजभण्डारी : ६४
गोविन्द ढुंगेल : ५०
मनीषलाल प्रधान : ६०
मीनमान श्रेष्ठ : ६७
विष्णुप्रसाद गैरे : ५१
सन्दीपकुमार अग्रवाल : ५१
सुकुन्तलाल हिराचन : ५५

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)