ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक र भवन निर्माणमा प्राथमिकता दिँदै सांसद भट्टराई

४ करोडका योजना छनौट

२०७७ मंसिर, १४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

मङ्सिर १४, कास्की । प्रतिनिधिसभा कास्की निर्वाचन क्षेत्र नं २ का सांसद विद्या भट्टराई अधिकारीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा सडक र भवन लगायत अन्य पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेकी छन् । सांसद भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न ३० योजना छनोट गर्दै ४ कारोड रुपैयाँ विनियोजन गरेकी छन् । सांसद भट्टराईले सबैभन्दा बढी पोखरा महानगरपालिका पोखरा ६ र ७ जोड्ने मुलखोकमा बन्दै गरेको कल्बर्ट सहितको पुल सहित रिटेनिङ वाल निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको बताइन् । यसैगरी उनले पोखरा महानगर वडा नं ११ को कालिका चोक

व्यँसघारी सडक स्तरोन्नति र रामघाट परोपकार संस्था किरियापुत्री भवन जाने बाटो स्तरोन्नतिका लागि २५ लाख रुपैयाँ विनियोजन गरेकी छन् ।
त्यसैगरी उनले पोखरा वडा नं ८ स्थित रहेको शिवालय मार्गको सडक ढलान गर्नका लागि २० लाख रुपैयाँ विनियोजन गरेकी छन् । सांसद भट्टराईले रक्तसंचार केन्द्र पूर्वाधार निर्माणमा २० लाख र पोखरा महानगर ३३ मा निर्माण गरिने सामुदायिक भवन निर्माणका लागि २०÷२० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिइन् । 

उनले पोखरा वडानं ४ मा रहेको बूढानीलकण्ठ बहुउद्देश्यीय सामुदायिक भवन निर्माण र गणेश मन्दिर पछाडीको सडक स्तरोन्नतिका लाथि १०÷१० लाख रुपैयाँ विनियोजन गरेको बताइन् । त्यसैगरी पाखरा वडा नं ९ मा महेन्द्र मावि, नवप्रभात माविको भौतिक संरचना निर्माण गर्न १० लाख रुपैयाँ र जलारी समाज भवन, शान्ति दर्शन बहुउद्देश्यीय भवन निर्माण गर्न १० लाख रुपैयाँ विनियोजन गरेकी छन् ।
त्यसैगरी शान्तिवनस्थित स्मृति सभाहल, साहारा आधारभूत प्राविको भवन स्तरोन्नति र जिल्ला ट्राफिक कार्यालय पूर्वाधार निर्माणका लागि १०÷१० लाख विनियोजन गरिएको छ ।

यस्तै पोखरा ११ मा तुलसीघाट किरियापुत्री भवनका लागि १० लाख, पोखरा १५ मा पर्ने फूलबारी मार्ग (शिव मन्दिरबाट जाने सडक) र अलकापुर मार्गको स्तरोन्नति गर्नका लागि १५÷१५ लाख विनियोजन गरिएको छ । महानगरको वडा नं १६ मा गायकटोल, सिमलखोरिया सडक ढलान तथा स्तरोन्नति, जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण, शान्तिटोल सुकाले सडक निर्माण र घट्टेकुना, ओखले, रञ्जित सडक स्तरोन्नतिका लागि १०÷१० लाख विनियोजन गरेको सांसद भट्टराईले बताइन् ।

त्यसैगरी पोखरा १७ को नमुनाटोल, भयरथान सामुदायिक भवन निर्माण र खरबारी सोतोको भलपानी निकास, जनकल्याण टोल भवन निर्माणका लागि १०÷१० लाख विनियोजन गरिएको छ । यसैगरी वडा नं १७ मै आँखा हस्पिटलदेखी म्युजियम जाने घुम्ती काटी बाटो विस्तार गर्न र रामनगरटोल स्तरोन्नतिका लागि १५ लाख छुट्ट्याइएको छ ।

पोखरा २० मा हरिहर आमा समुह, शिव बहुउद्देश्यीय भवन निर्माण, देवीडाँडा मालिक मार्ग देउराली सडक र मौजा, लामडाँडा खेल मैदान, कुरगाउँ सांस्कृतिक स्थल संरक्षण गर्नका लागि १५÷१५ लाख विनियोजन गरिएको छ । वडा नं २० मै इम्दुपाखा, झुपे पोखरी, विजयपुर, डाँडागाउँ चण्डी सडक स्तरोन्नतिका  लागि १० लाख रुपैयाँ विनियोजन गरिएको सासद भट्टराईले जानकारी दिइन् ।

यस्तै वडा नं २१ मा सेल्टारी कृषि सडक तथा हप्राक, डुड्खु, डडेली, एकहाते रामदी खानेपानी पाइपलाइन विस्तार गर्न १५ लाख विनियोजन गरिएको छ । २१ कै फोक्सिङकोट संरक्षण, पुष्पलाल अध्ययन केन्द्र संरक्षण र बक्रेक सामुदायिक भवन, चुरेटागाउँ सडकका लागि १०÷१० लाख विनियोजन गरिएको सांसद भट्टराईले बताइन् । उनले भण्डारीगाउँ हुँदै अधिकारी गाउँको सडक र धुर्सेनी खेल मैदानका लागि समेत रू १५ लाख विनियोजन भएको जानकारी दिइन् ।

त्यसैगरी वडा नं ३३ मा गैह्रागाउँ, जामुनाबोट सामुदायिक भवन निर्माण गर्न १५ लाख रुपैयाँ र हुडीकोट चवादीसहित बरपाण्डेथुम सिडी सडक निर्माणका लागि रू. १० लाख विनियोजन गरेको सांसद भट्टराईले बताइन् । उनले संघीय सरकारबाट कास्की क्षेत्र नं. २ मा विनियोजित योजनाहरुको समेत जानकारी दिँदै योजनामा जनसहभागिताले मात्र विकास निर्माणले सार्थकता पाउने बताइन् । कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष एबम गण्डकी प्रदेस सभा सदस्य कृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)