ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहुलियतपूर्ण कर्जामा ७२ अर्ब

२०७७ मंसिर, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मापदण्ड तथा प्रावधान पु¥याएर आएका ग्राहकलाई ब्याज अनुदानमा सहुलियत कर्जा दिन बाध्यकारी व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाबाट यस शीर्षकमा लगानी बढ्न थालेको छ । गत असोजसम्ममा बैंकहरूबाट सहुलियत कर्जा शीर्षकमा ७२ अर्ब ४६ करोड ७७ लाख रुपैयाँ लगानी भएको छ । भदौ महीनामा यस्तो लगानी रू. ६४ अर्ब ९५ करोड ४६ लाख थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार १ महीनाको अन्तरमा लगानीमा रहेको सहुलियतपूर्ण कर्जा रू.७ अर्ब ५१ करोड ३१ लाखले बढेको छ । गतवर्षको चैतपछिका केही महीना भने बन्दाबन्दी तथा निषेधाज्ञाले गर्दा यस्तो कर्जा प्रवाह प्रभावित बनेको बैंकरहरूले बताउँदै आएका थिए ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू असोजसम्ममा प्रवाह गरेको ७२ अर्ब रुपैयाँ बराबरको कर्जा बक्यौता (लगानीमा रहेको रकम) मध्य सबैभन्दा बढी अंश अर्थात कुल मध्य ८४ दशमलव ४३ प्रतिशत कृषिमा छ । राष्ट्र बैंकको तथ्यांकले कुल सहुलियतपूर्ण कर्जामध्ये २७ हजार ३ सय ६९ जनाको ६१ अर्ब २५ करोड ५ लाख रुपैयाँको व्यावसायिक कृषि तथा पशुपन्छी व्यवसाय शीर्षकमा बक्यौता रहेको देखाएको छ ।

यसअनुसार कुल सहुलियत कर्जाको बढी अंश कृषिमा केन्द्रित रहेको छ । बैंक तथा वित्तीय संस्थाले १ अर्ब ६ करोड ३६ लाख रुपैयाँ बराबरको कर्जा विनाधितो प्रवाह गरेको बताएका छन् । बाँकी ६० अर्ब १८ करोड ६८ लाख बराबरको कर्जा धितोमा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसायका लागि प्रतिव्यक्ति रू. ५ करोडसम्म ५ प्रतिशत ब्याज अनुदान पाउन सकिन्छ । साथै, यसभन्दा बढीको कर्जा २ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ ।

उक्त कार्यक्रमअन्तर्गत ‘शिक्षित युवा स्वरोजगार कर्जा’ शीर्षकमा जम्मा ७८ को संख्यामा ४ करोड ३२ लाख रुपैयाँ बराबरको ऋण बक्यौता रहेको तथ्यांकले देखाउँछ ।

‘विदेशबाट फर्केका युवा परियोजना कर्जा’ शीर्षकमा ३ सय ६२ को संख्यामा रू. २५ करोड ५२ लाखको ऋण बक्यौता रहेको छ । व्यावसायिक योजना राम्रो भएकालाई मात्र बैंकहरूले यस्तो कर्जा प्रवाह गर्दै आएका छन् । शिक्षित युवा स्वरोजगार कर्जा रू. ७ लाखसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा रू. १० लाखसम्म लिन पाइने व्यवस्था छ ।

यसैगरी महिला उद्यमशीलता कर्जाअन्तर्गत १२ हजार ८ सय ९३ को संख्यामा यस्तो ऋण उपयोग गरेका छन् । सो संख्याका ऋणीले हालसम्म ९ अर्ब ६६ करोड ४ लाख रुपैयाँ बराबरको ऋण लिएको देखिन्छ ।

दलित समुदाय व्यवसाय विकास कर्जाअन्तर्गत ४ सय ८३ को संख्यामा २६ करोड ८१ लाख रुपैयाँ प्रवाह भएको छ । यसैगरी उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाअन्तर्गत हालसम्म ८४ को संख्यामा ३ करोड ३१ लाख रुपैयाँ कर्जा बक्यौता रहेको छ । भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा २ सय २५ को संख्यामा ५ करोड ५३ लाख रुपैयाँ बराबर लगानीमा रहेको राष्ट्र बैंकले बताएको छ । यसबाहेकका सीटीईभीटीबाट अनुमति लिएका संस्थाबाट तालीम लिन र युवा स्वरोजगार शीर्षकमा भने यस अवधिसम्म कर्जा प्रवाह भएको छैन ।

सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत बैंकले आफ्नो आधार दर (बेस रेट) मा २ प्रतिशत थपेर ब्याज निर्धारण गर्छन् । त्यसमा सरकारले महिला उद्यमशील कर्जामा ६ प्रतिशत र अन्य सबै कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिन्छ । त्यसपछि ऋणीले सरकारबाट प्राप्त अनुदान कट्टी गरेर बाँकी ब्याज तिर्नुपर्छ । नेपाल राष्ट्र बैंकले विसं २०७५ असोजबाट सहुलियत ब्याजमा कर्जा सुविधाको व्यवस्था प्रवाह शुरू गरेको थियो । मन्त्रिपरिषद्ले गत असोज ८ गते कार्यविधि संशोधन गर्दै यसअघिको ९ शीर्षकमा एउटा शीर्षक थपेर १० ओटा क्षेत्रको व्यवस्था गरको थियो । राष्ट्र बैंकले गत असोज २७ गते ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधि, २०७५’ को तेस्रो संशोधन, २०७७ जारी गर्दै कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)