ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुवै पद नछोड्ने ओलीको अडान

विवाद स्थायी कमिटीमा

२०७७ मंसिर, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीभित्रको आन्तरिक समस्यामा सहमति जुटाउन नसकेपछि विवाद स्थायी कमिटीमा पुगेको छ । शनिवार बसेको सचिवालयको बैठकले पूर्वनिर्धारित समयअनुसार आइतवार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

पार्टीको समस्या समाधानका विषयमा शनिवार सचिवालयमा छलफल भए पनि निष्कर्ष ननिस्किएपछि स्थायी कमिटीमा छलफल गर्नेगरी निर्णय भएको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘आजको बैठकमा पनि पार्टीका आन्तरिक समस्याबारे छलफल भयो तर कुनै निष्कर्ष निस्कन सकेन । त्यसैले पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं,’ उनले भने । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैको प्रस्ताव स्थायी कमिटीमा प्रस्तुत हुनेछ ।

प्रवक्ता श्रेष्ठका अनुसार पूर्वनिर्धारित तालिका अनुरूप नै स्थायी कमिटी बैटक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ ।

यता पार्टीभित्रको विवाद स्थायी कमिटीमा लैजाने निर्णय हुँदै गर्दा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष तथा प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिनुभएको छ । शनिवार बसेको सचिवालय बैठकमा नेताहरूले दुवै अध्यक्षको प्रस्तावलाई स्थायी कमिटीमा लगेर निष्कर्षमा पुग्ने बताएपछि प्रधानमन्त्री ओलीले आफूले दुवै पद नछोड्ने अडान दोहो¥याउनुभएको हो । पार्टी तथा सरकार सञ्चालन गर्दा एकलौटी गरेको भन्दै ओलीलाई पहिले अध्यक्ष वा प्रधानमन्त्री मध्ये कुनै एक पद छोड्न तथा पछिल्लो समय दुवै पद छोड्न समेत दबाब पर्दै आएको छ । तर, ओलीले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आउनुभएको छ । ओलीले शनिवारको बैठकमा पनि आफ्नो अडान दोहो¥याउनुभएको हो । सरकार सञ्चालन र पार्टीका गतिविधिका बारेमा पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको समयमा अर्का अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रस्ताव पेश गरेपछि अध्यक्ष ओलीले त्यसको प्रत्युत्तरमा ५३ बुँदे प्रस्ताव पेश गरेपछि पार्टीभित्रको समस्या झनै चर्किएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)