ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकीकृत परराष्ट्र नीति सार्वजनिक

२०७७ मंसिर, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेकपाको सरकार बनेपछि पहिलोपटक एकीकृत परराष्ट्र नीति सार्वजनिक गरिएको छ । आइतवार सार्वजनिक गरिएको ‘नेपालको परराष्ट्र नीति, २०७७’ ले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्जालबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको संवर्द्धन र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

छिमेकी मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने परराष्ट्र नीतिमा उल्लेख छ ।

नीति सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै जलवायु परिवर्तन, अन्तरराष्ट्रिय क्षेत्रीय मञ्चमा नेपालको स्थानलगायत विषयमा समेत जोड दिएकोे बताए ।

‘कसैसँग शत्रुुता नभई सबैसँग मित्रता हुने गरी परराष्ट्र नीति अवलम्बन गरिएको छ,’ उनले भने, ‘यो सरकार आइसकेपछि यसलाई हामीले मन्त्र जस्तै बनायौं । यो नीति त्यसतर्फ नै परिलक्षित छ ।’

उनले नेपालले लामो समयदेखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिनेसमेत स्पष्ट पारे ।

संसारमा राजनीति, शक्ति र व्यवस्थाका हिसाबले भिन्दाभिन्दै प्रणालीहरू रहेको भए पनि नेपालको परराष्ट्र नीति तर्जुमा गर्दा निश्चित विचारधारा र राजनीतिक प्रणालीलाई आधार बनाइएको मन्त्री ज्ञवालीले स्पष्ट पारे । विदेशमा पेशा, व्यवसाय र रोजगारीमा संलग्न नेपाली समुदाय र कानूनी व्यक्तिको हितको संरक्षण गर्ने विषय पनि परराष्ट्र नीतिमा समावेश गरिएको मन्त्री ज्ञवालीले बताए ।

महत्त्वपूर्ण राजनीतिक परिवर्तनपछि देशको परराष्ट्र नीतिबारे बहस तथा अध्ययन हुँदै आए पनि एकीकृत नीति नबनेको अवस्थामा पहिलोपटक नेपालको एकीकृत परराष्ट्र नीति – २०७७’ सार्वजनिक गरिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)