ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सगरमाथाको नयाँ उचाइ ८८४८.८६

उचाइ मापन गर्न १३ करोड रुपैयाँ खर्च

२०७७ मंसिर, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमीटर बढेको छ । अब सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मीटर ८६ सेन्टिमीटर पुगेको छ । नेपाल र चीन सरकारले मंगलवार संयुक्त रूपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमीटर बढेको घोषणा गरेका हुन् । गतवर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए । अहिलेसम्म विश्वले सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मीटर मान्दै आएको छ । यो मापन सन १९५७ मा भारतको जीएल गुलाटी कम्पनीले गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तरराष्ट्रिय बहस शुरू भएपछि नेपालले पहिलोपटक आप्mनै स्रोतसाधनमा सगरमाथाको उचाइ नापेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै २ वर्षको अवधिमा सगरमाथाको मापन सम्पन्न गरेको हो । २०७२ सालको विनाशकारी भूकम्पले सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानिएपछि नेपालले २ वर्षअघि अन्तरराष्ट्रिय समुदायको समेत सहभागिता र समर्थनमा सगरमाथाको उचाइ मापनको गृहकार्य अघि बढाएको थियो ।

नापी विभागले मापन शुरू गर्नुअघि सन् २०१८ मा विभिन्न देशका वैज्ञानिकलाई काठमाडौंमा आमन्त्रण गरी अन्तरराष्ट्रिय गोष्ठी आयोजना गरेको थियो । भारत, चीन, अमेरिका, इटालीलगायत देशका वैज्ञानिक सम्मिलित उक्त गोष्ठीले सगरमाथाको उचाइ मापनको कार्यविधि तयार गरेको थियो ।

उचाइ मापनमा एउटा मात्र विधि प्रयोग गर्दा प्रश्न उठ्ने भएकाले ‘डाइरेक्ट मेजरमेन्ट, ‘ट्रंगुलेशन’ र जीपीएस प्रणालीबाट सगमाथाको उचाइ मापन गरिएको सगरमाथा उचाइ मापन सचिवालयका संयोजक एवं विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले जानकारी दिए ।

संयोजक डंगोलका अनुसार ‘डाइरेक्ट मेजरमेन्ट’ विधिमा प्रत्यक्ष रूपमा अगाडि÷पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिने, ‘ट्रेंगुलेशन’ विधिमा निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिन्छ ।

तेस्रो विधि गुरुत्वलाई आधार बनाएर जीपीएस प्रणालीबाट गरिन्छ । यसअघि प्रमाणित सगरमाथाको उचाइ ‘ट्रेंगुलेशन’ विधिबाट गरिएको विभागले जानकारी दियो । यसअघि सन् १९५४ मा तत्कालीन सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी ८ हजार ८ सय ४८ मीटर भएको निष्कर्ष निकालेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)