ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

११ करोड लागतमा जिपलाइन निर्माण हुँदै

२०७७ मंसिर, २७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

मंसिर २७, पर्वत । पर्वतको कुश्मामा पर्यटक आकर्षित गर्ने हेतुले जिप लाईन निर्माण गरिने भएको छ । कुश्मा नगरपालिका ५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउनेबगर सम्म १४ सय मिटरको दुरीमा जिपलाइन बनाउन थालिएको हो । साहसिक पर्यटनको लागि जिल्लाका युवाहरुले झण्डै ११ करोड लगानी गरेर जिपलाइन निर्माणको थालनी गरेको जनाएका छन् । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उक्त परियोजनाको शुक्रवार एक कार्यक्रमका बीच शिलान्यास गरे । 

कुश्मा नगरपालिकाका प्रमुख जोशीले पर्वत साहसिक पर्यटनको हब बन्न थालेको बताए । साहसिक पर्यटनमा भएको लगानी खेर नजाने बताउँदै जिल्लाको समृद्धि सम्भव रहेको धारणा उनले राखे । जिपलाइन निर्माणमा नगरप्रमुख जोशी सहित, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाँले लगानी गरेका हुन् ।

चार महिनामा सबै संरचना निर्माण गरिसक्ने निर्माणको जिम्मा लिएको श्याम जिपलाइन कम्पनीले बताएको छ । कम्पनीका इन्जिनियर नविन म्यासीले यो जिप लाईन सुपर म्यान शैलीमा निर्माण हुन थालेको बताएका छन् । म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । 

क्लासिक जिपलाइनमा पोखराको जिपलाइनको लम्बाई कुस्मामा बन्दै गरेको हार्नेस जिपलाइन प्रालिको भन्दा बढी हुने भए पनि सुपर म्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो बन्ने भएको निर्माण कम्पनीले बताएको छ । इन्जिनियर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ । साउनेबगरमा रिसोर्ट पनि सञ्चालन गर्ने योजना रहेको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)