ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको शिलान्यास

२०७७ मंसिर, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी २९, मंसिर । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ कुइनेमंगलेमा आइतवार ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । 

साढे ३ अर्बको लगानीमा टुन्डी पावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बन्दीघाँटीमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गरेका हुन् ।
रगुगंगा नदीको किनारामा गाउँपालिका अध्यक्ष भण्डारी सहित वडा नं ७ चिमखोलाका अध्यक्ष दुर्गा पुन र वडा नं ८ का गमान छन्त्यालले भूमि पूजा गर्दै आयोजनाको शिलान्यास गरे लगत्तै बाँधस्थलको काम शुरु गरिएको छ ।

कुईनेमंगलेको बन्दीघाँटी बाँधस्थल हुँदै करीब ५ किलोमिटर लामो टनेलबाट पानीलाई १५० मिटरको उचाइबाट चिमखोलाको मालाङमा बन्ने पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने निर्माण कम्पनि टुन्डी पावरका इन्जिनियर प्रकाश तिमिल्सेनाले जानकारी दिए ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ रहेको इन्जिनियर तिमिल्सेनाको भनाइ  छ । जलविद्युत् आयोजनाले दग्नाम, चिमखोला हुदै आयोजनास्थलसम्म पुग्ने अजिंगर भिरमा कडा चट्टानी पहाडलाई थिचोल्दै सडक विस्तारमा समेत गाउँपालिकाको गौरवको योजनालाई सघाइरहेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

आयोजनाको बाँध र पावर हाउस रामेछाप शेर्पा कन्स्ट्रक्सन र टनेल निर्माणको जिम्मा साउथ एशियन इन्फ्रास्ट्रक्चरले  पाएको छ ।
जलविद्युत्को शिलन्यास गदैं गाउँपालिका अध्यक्ष भण्डारीले आयोजना प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य सहित समुदायको हितमा हुने विभिन्न क्षेत्रमा समेत आयोजनाबाट सहयोगको प्रतिबद्धता व्यक्त भएको बताए । आयोजनाको विद्युत् अन्नपूर्ण गाउँपालिका–४ दानामा निर्माणाधीन २२० केभी विद्युत् सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)