ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश आयुर्वेद चिकित्सालयको निर्माण ९० प्रतिशत सम्पन्न

२०७७ मंसिर, ३०  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम आयुर्वेद चिकित्सालयको निर्माण अन्तिम चरणमा पुगेको छ । शहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले २३ करोड रुपैयाँ लागतमा धनगढी उपमहानगरपालिका–१३ राजपुरमा प्रदेश आयुर्वेद चिकित्सालय भवन बनाउन ठेक्का सम्झौता गरेकोमा निर्माण अन्तिम चरणमा पुगेको आयोजना कार्यान्वयन इकाइ धनगढीले बताएको छ । अहिले भौतिक पूर्वाधार निर्माण ९० प्रतिशत सम्पन्न भएकोमा यसै वर्ष ५० शøयाको आयुर्वेद चिकित्सालय सञ्चालनमा ल्याउने गरी प्रदेश सरकारले ३२ जनाको दरबन्दी समेत तोकेको गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय आयुर्वेदिक औषधालयको नामबाट संघीय सरकारको बजेटमा निर्माण हुँदै आएको भौतिक संरचना प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नाम परिवर्तन गरी सुदूरपश्चिम आयुर्वेद चिकित्सालय नामकरण गरेको हो । यद्यपि यो चिकित्सालय संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गर्न भने बाँकी नै छ । आधारभूत रूपमा यसै वर्षदेखि आयुर्वेद अस्पताल सञ्चालन गर्न सकिने सेती आयुर्वेद औषधालयका प्रमुख डाक्टर खगेन्द्र बमले बताए ।

चिकित्सालयको नामबाट सेवा शुरू गरेर प्रतिष्ठानको रूपमा विकास गर्न सकिने गरी डिजाइन भइसकेको भन्दै प्रमुख बमले ४९ कठ्ठा क्षेत्रफलमा फैलिएको अस्पताललाई विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार सञ्चालन गर्न भने डेढ अर्ब लगानी र ५ वर्ष समय लाग्नेछ । आयुर्वेदिक औषधिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको उनले बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशभित्र मात्र वार्षिक रू. २० करोडसम्मको जडीबुटी उत्पादन हुँदै आएको छ ।

‘सुदूरपश्चिम जडीबुटीका लागि भण्डार मानिए पनि यहाँबाट कौडीको भाउमा कच्चापदार्थको रूपमा अन्यन्त्र पठाउने गरिएको छ,’ उनले भने, ‘तर हामीले त्यही जडीबुटीबाट बनेको औषधि महँगो मूल्य तिरेर उपभोग गर्नुपरेको छ ।’ यहाँको जडीबुटीलाई कच्चापदार्थको रूपमा होइन, तयारी औषधिको रूपमा निर्यात गर्ने बेला भएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)