ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूपश्चिममा मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम शुरू

२०७७ मंसिर, ३०  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वीकृत मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम शुरू भएको छ । सुदूरपश्चिमका चार जिल्लाका चार स्थानीय तहमा छनोटमा परेको बस्तीमा घर निर्माण शुरू गरिएको हो । 

सोही कार्यक्रम अन्तर्गत वेदकोट नगरपालिका–५ धरमपुरको मुक्त हलिया बस्तीमा घर निर्माण कार्य थालिएको छ । मंगलवार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले घरको शिलान्यास गरे । 

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गरीब तथा विपन्न वर्गको पहिचान गरी बस्ती व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको हो ।
मन्त्रालयको योजना महाशाखा प्रमुख गोकुल बोहराले विभिन्न क्षेत्रमा छरिएर रहेका भूमीहिन र अव्यवस्थीत बस्ती, प्राकृृतिक प्रकोप पीडित वर्गको पहिचान गरी तिनको संरक्षण एवम् जीवनस्तर उकास्न कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार उक्त कार्यक्रम कञ्चनपुरको वेदकोट नगरपालिकासँगै डोटीको सिलगढीस् नगरपालिका, कैलालीको भजनी गाउँपालिका र अछामको मेल्लेख गाँउपालिकामा सञ्चालनको तयारीमा छ । 

कार्यक्रम अन्तर्गत वेदकोटको मुक्त हलिया बस्तीमा १ करोड १५ लाखको बजेटमा २५ घर निर्माण गरिनेछ । मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमका लागि मन्त्रालयले ५ करोड बजेट विनियोजन गरेको छ । तीन स्थानीय तहमा बस्ती विकासका लागि घर निर्माण कार्य मन्त्रालयले अगाडि बढाएको छ भने मेल्लेख गाउँपालिकालाई कार्यक्रमको ६० लाख बजेट हस्तान्तरणको तयारी गरिएको योजना महाशाखा प्रमुख बोहराको भनाइ छ ।

मेल्लेखमा १० ओटा घर निर्माण गरिनेछन् । त्यस्तै भजनीको भुरुवा राजबस्तीमा २५ र सिलगढीको वादी बस्तीमा ७ वडा घर निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।

मंगलवार शिलान्यास कार्यक्रममा मुख्यमन्त्री भट्टले विपन्न भूमिहीन वर्गको जीवनस्तर उकास्न कार्यक्रम ल्याइएको बताए । उनले एकीकृत बस्ती विकाससँगै रोजगारीका कार्यक्रम पनि सञ्चालन गरिने बताए । साथै प्रदेश सरकारले जन भावना अनुसार समृद्ध प्रदेशको परिकल्पना सहित काम गरिरहेको दाबी गरे । भूमि व्यवस्था तथा सहकारी मन्त्री विनीता चौधरीको अध्यक्षतामा शिलान्यास कार्यक्रम आयोजना गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)