ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा पुस तेस्रो साता पोखरा सडक महोत्सव हुने

होटलमा ५० प्रतिशत छूटको घोषणा

२०७७ पौष, १  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

पुस १, कास्की । कोभिड १९ का कारण संकटमा परेको पर्यटन व्यवसायलाई चलायमान बनाउन अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा पुस १५ देखि ‘सडक महोत्सव’हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पुस १५ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा २२ औं पोखरा सडक महोत्सव सञ्चालन हुने भएको हो ।
महोत्सवमा कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने आयोजकले बताएका छन् । 

पोखरामा बुधबार पत्रकार सम्मेलनमा गरेर कोभिड–१९ का कारण बन्द रहेका होटल, रेष्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै ३ दिनका लागि महोत्सव गर्न लागेको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । ‘स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउनुको विकल्प छैन,’ अध्यक्ष बरालले भने, ‘महोत्सवको आयोजनाबाट पोखरा र यस आसपासको पर्यटन व्यवसाय खुला गर्न योगदान हुनेछ ।’ 

विगतका वर्षहरुमा महोत्सव ५ दिनसम्म आयोजना गरिँदै आएको भए पनि यस वर्ष विभिन्न पक्षसँगको सल्लाह र सुझाव अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै छोटो समय तय भएको उनको भनाइ छ ।

विगत ९ महिनादेखि पर्यटनसम्बन्धी कुनै पनि गतिविधि नभएको, कतिपय व्यवसायीहरु विस्थापित समेत भइरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ‘पोखरा खुला छ’ भन्ने सन्देश दिन स्थानीय प्रशासनको स्वीकृतिमा महोत्सव गर्न लागिएको महोत्सव संयोजक वसन्त गौतमले जानकारी दिए । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले एक हप्ताभित्र पोखराका प्रमूख पर्यटकीय क्षेत्रहरु खुल्ने जानकारी दिए । विहिबारबाट पोखराको फेवातालमा रहेको प्रसिद्ध तालवाराही मन्दिर खुल्ने र अन्य मन्दिर, गुफा, भ्यू टावर लगायतका पर्यटकीय स्थालहरु समेत क्रमशः खुलाउन सरोकारवालाहरु सकारात्मक भएको उनले बताए ।  
विगतमा २१ वर्षदेखि निरन्तर पुस १३ देखि १७ सम्म ५ दिनका लागि सञ्चालन गरिँदै आएको महोत्सव यसपालि छोट्याएर ३ दिनमात्र गर्न लागिएको हो । 

महोत्सव विगतमा झैं सहिदचोकदेखि हल्लनचोक सम्मको करिब ३ किमी क्षेत्रफलमा हुनेछ । यस वर्षको महोत्सवमा कोमागाने पार्कमा कुनै पनि कार्यक्रम आयोजना नगरिने र दिउँसो ३ बजेदेखि राती १० बजेसम्म सडकमा यातायातका साधन नचलाई सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । 

त्यसैगरी लाइभ ब्याण्डको कार्यक्रम यस वर्ष हुने छैन । विभिन्न खेलकूदका कार्यक्रमलाई भने निरन्तरता दिने आयोजकले जानकारी दिएको छ ।

अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले हुने सडकमा हुने महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषसहित सांस्कृतिक कार्यक्रम हुनेछन्। महोत्सव सफल पार्न गौतमको संयोजकत्वमा गठित समितिमा सचिव भीष्मराज पौडेल र सहकोषाध्यक्ष रोशनजंग कार्की सहसंयोजक चुनिएका छन् ।

यसैबीच, पश्चिमाञ्चल होटल संघले कोठामा ५० प्रतिशत छुट दिने घोषणा महोत्सव अवधिसम्म पनि कायम राख्ने जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)