ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हट्यो जोरबिजोर प्रणाली

२०७७ पौष, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आज (शुक्रबार) देखि हटेको छ । बिहीवार सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदूरसहित बसेको बैठकले शुक्रवारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

शुक्रवारदेखि सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउने तर त्यसका लागि स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य रूपमा गर्नुपर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

कोभिड–१९ को प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि मानिसहरूको अत्यधिक भीडभाडलाई कम गर्दै सामाजिक भौतिक दूरी कायम गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडौं उपत्यकामा असोज ६ गतेबाट जोरबिजोर प्रणाली लागू गएको थियो ।

पछिल्लो समय सरकारी तथा निजी कार्यालयहरू पूर्णरूपमा खुल्दै गएको र जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालन गर्दा भीड बढ्दै गएकाले यातायात व्यवसायीहरूले यो प्रणाली हटाउन माग गरेका थिए । अन्य क्षेत्र खोल्दा पनि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएकोमा सरकाको आलोचना भइरहेको थियो ।

जिल्ला प्रशासन कार्यालयको यो निर्णयसँगै यातायात व्यवसायीले स्वास्थ्य प्रोटोकल पूर्णरूपमा पालना गरेर यातायात चलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ ।

कार्यालयहरू खुल्दै गएको अवस्थामा सार्वजनिक सवारीमा भीडभाड पनि बढ्न थालेकाले जोरबिजोर हट्नु सकारात्मक भएको र यसले यात्रुलाई फाइदा पुग्ने महासंघले जानकारी दिएको छ ।

३ लाख जनाको ‘एन्टिजेन’ परीक्षण गरिने
सरकारले पुस महीनाभित्र ३ लाख जनाको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार समुदायस्तरमा संक्रमण पैmलिएको छ वा छैन भनेर पत्ता लगाउन ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गरिनेछ ।

देशैभरि २०० भन्दा बढी सक्रिय संक्रमित भएका ठाउँमा आगामी पुस ५ गते आइतवारदेखि नै एन्टिजेन परीक्षण शुरू गरिने मन्त्रालयका कोभिड–१९ स्रोत व्यक्ति (फोकल पर्सन) महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । ‘परीक्षणका लागि देशभरि नै कर्मचारी खटाइएको छ । २०० भन्दा बढी सक्रिय संक्रमित, हटस्पट, ठूला शहर, घना बस्ती र संक्रमणको शङ्कास्पद व्यक्तिमा परीक्षण गरिनेछ,’ उनले भने । मन्त्रालयका अनुसार यस विधिबाट परीक्षण गर्दा स्वाबलाई परीक्षण कीटमा राखेर केही क्षणमै नतीजा थाहा पाउन सकिन्छ । यसअघि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायस्तरमा संक्रमण पैmलिएको अवस्था पत्ता लगाउन ‘सेरो सर्भेलेन्स’ गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)