ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोभिडले घटायो हवाई आवागमन

२०२० को ९ महीनामा ९ लाख २७ हजार यात्रुको आगमन

२०७७ पौष, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना महामारी (कोभिड–१९) को कारण सन २०२० को ९ महीनामा नेपाल आउने यात्रु आवागमनमा उल्लेख्य कमी आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार सन २०२० को ९ महीना (जनवरीदेखि सेप्टेम्बरसम्म) को अवधिमा ९ लाख २७ हजार २०८ जना यात्रुको आवागमन भएको छ ।

सन् २०१९ मा ४१ लाख ३८ हजार ४८२ यात्रुले आवागमन भएको थियो । जुन अघिल्लो वर्ष सन् २०१८ को तुलनामा ४ दशमलव ६ प्रतिशतले बढी थियो । सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा ११ दशमलव ६९ प्रतिशतले वृद्धि भई कुल ४३ लाख ४२ हजार ४८६ यात्रु आवागमन भएको थियो । सन् २०१७ मा अन्तरराष्ट्रिय उडानतर्पm कुल ३८ लाख ८७ हजार ८४५ यात्रु आवागमन भएको क्यानका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए ।

आन्तरिकतर्फ यस वर्षको सेप्टेम्बरसम्म ७ लाख ८७ हजार ४० जना यात्रुले यात्रा गरेको क्यानले जानकारी दिएको छ । क्यानका अनुसार सन् २०१९ मा यात्रु आवागमन संख्या ३१ लाख ८८ हजार ४८७ रहेको थियो जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव ९६ प्रतिशत बढी हो । सन् २०१८ मा १ दशमलव १६ प्रतिशतले वृद्धि भई २८ लाख ४७ हजार ७५२ यात्रुको आवागमन भएको थियो । सन् २०१७ मा २४ लाख ५१ हजार ३९० यात्रु आवागमन भएको प्रवक्ता क्षत्रीले बताए ।

नेपालमा अन्तरराष्ट्रिय उडानतर्पm तीन नेपाली र २७ ओटा विदेशी वायुसेवा गरी ३० ओटा वायुसेवाले १५ मुलुकका ३२ ओटा गन्तव्यमा उडान सञ्चालन गर्ने गर्छन् । यस्तै आन्तरिकतर्पm नौओटा फिक्सडविङ वायुसेवा र १० ओटा हेलिकोप्टर कम्पनीहरूले सेवा प्रदान गरिरहेका छन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक ल्याउने लक्ष्य राखे पनि कोभिडको कारण त्यो पूरा हुन नसकेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको धारणा छ । कोभिडले सन् २०२० त्यसै खेर गए पनि सन् २०२१ लाई आन्तरिक भ्रमण वर्षका रूपमा मनाउने तयारी गरिएको र यसले कोभिडले थलिएको पर्यटनलाई लयमा फर्काउन सहयोग पुग्ने पर्यटन मन्त्री योगेश भट्टराईले बताए ।

घोषणा नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएकाले त्यसैलाई जोड दिन मन्त्रालयले दुईदिने बिदाको अवधारणालाई छलफलका लागि अघि सारेको उनले जानकारी दिए । उनले कोभिडको कारण यात्रु घट्नु स्वाभाविक भएको बताए । नेपालको अर्थतन्त्रमा विदेशी मुद्राआर्जनमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेको उल्लेख गर्दै उनले अब आन्तरिक कार्यक्रममार्फत पर्यटनको पुनरुत्थान गर्नुपर्ने बताए ।

कोभिड–१९ संक्रमण नियन्त्रणका लागि अघिल्लो वर्ष चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण लामो समय अन्तरराष्ट्रिय उडान प्रतिबन्ध लगाएइको थियो । केभिडकै कारण आन्तरिक उडान पनि बन्द हँुदा यसको असर समग्र पर्यटनमा नै परेको छ । पछिल्लो समय भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान र असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आए पनि कोभिडको डरले अभैm उडानहरू लयमा फर्किन सकका छैनन् ।

कोभिडको कारण भएको क्षति कम गर्न अहिले नेपालका आन्तरिक वायुसेवा कम्पनीहरूले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू समेत सार्वजनिक गरेका छन् । तर, पर्यटकका लागि प्रयोग गरिने हेलिकोप्टहरू भने अभैm थप मारमा परेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)