ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

होङसीलाई वैशाखसम्ममा बिजुली : आयोजना

२०७७ पौष, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । साढे २ वर्षदेखि डिजेलकै भरमा सञ्चालन हुँदै आएको होङसी शिवम् सिमेन्टले विद्युत् पाउने अवधिमा अन्योल रहे पनि आगामी वैशाखसम्ममा पाउने सम्भावना बढेको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको बर्दघाट–सर्दी (१३२ केभी) प्रसारणलाइन आयोजनाले साइटका कामहरू नियमित भएमा आउँदो वैशाखसम्ममा मात्रै बिजुली दिनसक्ने बताएको हो । यसअघि आयोजनाले फागुनदेखि चैतसम्ममा सिमेन्ट उद्योगलाई बिजुली उपलब्ध गराउने दाबी गरेको थियो ।

नवलपरासीको सर्दीमा रहेको उक्त उद्योगमा आयोजनाले २०७६ चैतसम्ममा विद्युत् पुर्‍याउने लक्ष्य राखेको थियो । ७० प्रतिशत वैदेशिक लगानीमा सञ्चालित मुलुककै ठूलो लगानीको सिमेन्ट उद्योगमा बिजुली पुर्‍याउन आयोजनाले वन तथा रूख कटानको अनुमति पाएकाले वैशाखसम्ममा बिजुली उपलब्ध हुने सम्भावना बढेको हो ।

अहिले नवलपरासीको सर्दीस्थित उद्योगमा बिजुली पुर्‍याउन नवलपरासी पूर्वतिरका ३८ सय रूख काट्न शुरू गरिसकेको छ । यसका आयोजनाले असोजमा रू. ५५ लाखको टेन्डर आह्वान गरेको थियो । यस्तै पश्चिमतर्फका २२ सय रूख कटानका लागि बिहीवार टेन्डर आह्वान गरिएको आयोजना प्रमुख हरि पाण्डेले जानकारी दिए ।

सरकारी निकायहरू वन विभाग, जिल्ला प्रशासन र नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको बर्दघाट–सर्दी १३२ केभी प्रसारणलाइन आयोजनाबीच समन्वय नहुँदा बिजुली पुर्‍याउन समस्या भएका बेला वनको समस्या भने समाधान भएको छ ।

वनको समस्या समाधान भएकाले टावर राख्ने स्थानको जग्गा र तार तान्दा त्यसमुनि पर्ने जमीनमा कुनै समस्या नभएमा आउँदो वैशाखसम्ममा उद्योगलाई बिजुली दिन सकिने उनले बताए । प्रसारणका लाइनका लागि बन्ने ६६ ओटा टावरमध्ये ७ ओटामा अझै विवाद छ । ३१ ओटा टावर खडा भइसकेका छन् ।

साथै, ६० ओटा टावरको फाउन्डेशन तयार भइसकेको छ । विवाद देखिएका टावरमा मुआब्जा लिन स्थानीय नआउँदा काम रोकिएको छ ।

होङसी शिवम् सिमेन्टले विद्युत् नपाउँदा डिजेलकै भरमा सिमेन्ट उत्पादन गर्दै आएको छ । उक्त उद्योगले २०७५ जेठदेखि व्यावसायिक उत्पादन शुरू गरे पनि हालसम्म बिजुली पाउन सकेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

sushil

[Dec 22, 2020 06:47am]

कस्तो सोच छ हाम्रा नेता जिउको भनेर prove नै भयो ।आन्तरिक लाई motivate गरे मात्रै देश बिकास हुन्छ । देश ले सचा सपुत कहिले पहेन



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)