ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्ततः नेकपा विभाजित

एउटा समूहको अध्यक्ष प्रधानमन्त्री ओली, अर्को समूहको अध्यक्षमा नेपाल

२०७७ पौष, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । लामो समयको आन्तरिक विवादपछि अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको छ । पार्टीभित्रको लामो समयको गतिरोधको पटाक्षेप गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहको केन्द्रीय कमिटीको बैठकले माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष बनाउने निर्णय गरेको छ ।

मंगलवार बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त पदमा नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो । एकपक्षले अर्को पक्षलाई अवैधानिक र आपूm वैधानिक भएको दाबी गरिरहँदा पार्टीको  वैधानिकताको विषय अझै अन्योलमै छ ।

ओलीले संविधान, लोकतन्त्र, पार्टी र पार्टी एकताविरुद्ध काम गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा बैठकले नेपाललाई अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो । मंगलवार बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको प्रवक्ता श्रेष्ठले बताए ।

यता, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले नेकपाको एकता महाधिवेशन २०७८ मङ्सिर २ गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । यस्तै ओली पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता चयन गरेको छ । यस्तै ओलीले ५५६ जना केन्द्रीय कमिटी सदस्य थप गर्नु भएको छ । मंगलवार उनीहरूलाई शपथ ग्रहण समेत गराइएको छ । निकट समूहका केन्द्रीय सदस्यहरूको भेलामा ओलीले ५५६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको घोषणा गर्नु भएको थियो । यस्तै केन्द्रीय समिति हाल थपेर १ हजार ३ जनाको भए पनि पछि १ हजार १९९ सदस्यीय बनाइनेछ ।

बबरमहलमा प्रचण्ड–नेपाल समूहले कारबाही गर्दै नेपाललाई अध्यक्ष चयन गरेपछि ओलीले बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठक अवैधानिक भएको टिप्पणी गर्नु भएको छ । ओली समूहले विधान संशोधनको निर्णय गर्दै अर्को बैठक पुस ९ गतेका लागि बोलाएको छ ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको भनिएको केन्द्रीय कमिटीको बैठकलाई प्रचण्डले नौटंकीको संज्ञा दिएका छन् । आपूm पक्षधर केन्द्रीय सदस्यहरूको भेलालाई सम्बोधन गर्दै उनले बालुवाटारमा एक तिहाइभन्दा कम केन्द्रीय सदस्य उपस्थित भएको बैठक नौटंकी मात्रै भएको टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको केन्द्रीय कमिटी विस्तार गर्ने निर्णयप्रति पनि गम्भीर आपत्ति व्यक्त गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)