ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घट्यो डिजिटल कारोबार

२०७७ पौष, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । बन्दाबन्दी तथा निषेधाज्ञा र त्यसपछिको समयमा डिजिटल कारोबार क्रमशः बढ्दै गएकोमा कात्तिक महीनामा भने यसको संख्या घटेको छ ।

गत चैत ११ गतेदेखि असारसम्म कोभिडको उच्च सतर्कता अपनाएका बेला र यसपछि बजार पूर्णरूपमा खुला नभएका कारण अधिकांश ग्राहकले नगदभन्दा डिजिटल भुक्तानीलाई प्राथमिकता दिए । बन्दाबन्दी हटाउँदै जाँदा अर्थतन्त्र चलायमान हुने क्रममा रहे पनि असोजसम्म बढेको डिजिटल कारोबार कात्तिकमा भने केही कमी देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत असोजको तुलनामा कात्तिकमा डिजिटल उपकरणहरू मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) , आईपीएस, कनेक्ट आईपीएस वालेट, ई–कमर्शका कारोबार घटेको छ । मोबाइल बैंकिङमार्फत हुने कारोबार एकै महीनाको अन्तरमा २ लाख ६ हजारको संख्यामा रू. ३ अर्ब १५ करोडले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस्तो कारोबार गत असोजमा ७८ लाख ५० हजारको संख्यामा भएकामा कात्तिकमा घटेर ७६ लाख ४३ हजारको संख्यामा मात्रै भएको थियो । त्यसैगरी, इन्टरनेट बैंकिङमा ५४ हजारको संख्यामा रू. ८७ करोड रुपैयाँ बराबरको कारोबार संकुचन भएको छ । गत असोजमा यसबाट २ लाख ७५ हजारको संख्यामा रू. ६ अर्ब बराबरको कारोबार भएकोमा कात्तिकमा २ लाख २१ हजारको संख्यामा रू. ५ अर्ब ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २ लाखभन्दा बढी रकम तत्कालै भुक्तानी गर्न मिल्ने आरटीजीएस प्रणालीमार्फत असोजको दाँजोमा कात्तिकमा ६ हजार ६ सयको संख्यामा घटेर २ खर्ब ९८ अर्ब रुपैयाँले कम भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । आईपीएसमार्पmत हुने भुक्तानी पनि सो अवधिमा ४ लाख २२ हजारको संख्यामा घट्दा ६३ अर्ब रुपैयाँ बराबरको कम कारोबार भएको छ । यस्तै, कनेक्ट आईपीएसमा पनि २ लाख ३१ हजारको संख्यामा कारोबार घट्दा रू. १५ अर्ब ३८ अर्ब रुपैयाँ बराबरको रकम संकुचन भएको छ । वालेटमार्पmत हुने भुक्तानी ४ लाख २६ हजारको संख्यामा घट्दा रू. १ अर्ब २९ करोड बराबरको कम रकम कारोबार भएको छ । उक्त अवधिमा क्यूआरमा आधारित भुक्तानी २३ हजारको संख्यामा रू. ३ करोड बराबरले कमी देखिएको छ ।

नेपाल राष्ट्र बैंक भने पहिलाको तुलनामा विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको दाबी गर्छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हँुदा आम ग्राहक नगद कारोबारतर्फ नै फर्केको हुनसक्ने पनि आकलन गर्न सकिने बताउँछन् । तर, यस्तो कारोबारमा उतारचढाव आइहाले पनि घट्यो भनेर आत्तिनु नपर्ने र यसलाई सामान्य रूपमा लिनुपर्ने उनको भनाइ छ । ‘२–३ अर्ब रुपैयाँको हाराहारीमा कारोबार घट्नु स्वाभाविक हो । यस्तो कारोबार तलमाथि हुनसक्छ । केन्द्रीय बैंकले सकभर डिजिटल कारोबारमा प्रोत्साहन गरेको छ,’ उनले अभियानसँग भने, ‘यसैका लागि विभिन्न पूर्वाधार तथा प्रणाली सञ्चालनको अनुमति दिइएको छ । अभैm हामीले क्यूआर कोडबाट भुक्तानी गर्न व्यावहारिक होस् भनेर बढी प्रोत्साहन गरिरहेका छौं ।’ क्यूआर कोड टचलेस बैंकिङ भएकाले धेरै लगानी पनि नपर्ने तथा ससाना भुक्तानीलाई पनि धेरै प्रयोग हुने र जनमानसमा जनचेतना भएमा उपयोगी हुने उनको ठहर छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका सीईओ भुवनकुमार दाहाल असोजपछिको समय दशैं र तिहारको समय परेकाले कारोबारमा कम भएको बताउँछन् । ‘यसअवधिमा आर्थिक गतिविधि पनि कम हुन्छ । यो प्राय कारोबार कम हुने समय हो,’ उनले भने । आगामी दिनमा डिजिटल बैंकिङलाई उचाइमा पुर्‍याउन सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्था तीनै पक्ष मिलेर जान जरुरी भएको उनको ठहर छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)