ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरला नाका : चीनतर्फ भौतिक संरचना ठडिए, नेपालतिर कामै सुरु भएन

२०७७ पौष, ९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । नेपाल सरकारले गत वैशाखदेखि चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङस्थित कोरला नाकाको भौतिक संरचनाको काम अघि बढाइने भनेर गरेको प्रतिबद्धता पूरा हुन सकेको छैन । गत फागुनमा अर्थ मन्त्रालयका तत्कालीन महानिर्देशक तोयम रायाले ०७७ वैशाख महिनापछि कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माण सुरु हुने जानकारी दिएका थिए ।

कोरला नेपाल–चीनको महत्वपूर्ण व्यापारिक नाका हो । चीनले आफ्नोतर्फ सम्पूर्ण भौतिक संरचना तयार पारेको छ  भने नेपालतर्फ अहिलेसम्म भौतिक पूर्वाधार निर्माणका लागि कुनै सुरसार  छैन ।

नेपालले नाकामा आवश्यक सुरक्षा व्यवस्थाका साथै भन्सार, क्वारेन्टाइनलगायत एकीकृत संरचना विकास गर्ने बताइए पनि अहिलेसम्म सुरु नहुँदा योजना कागजमै सीमित भएको छ ।

कोरला नाका खुलेपछि गण्डकी प्रदेशको मात्रै नभएर नेपालका लागि सबैभन्दा छोटो र महत्वपूर्ण नाका हुने यस क्षेत्रका नागरिकको विश्वास छ । कोरला नाकामा चीनले भने सम्पूर्ण अन्तरदेशीय संरचना निर्माण गरिसकेको छ । तर, नेपालतर्फ कुनै पनि भौतिक संरचना बनेको छैन ।

कोरला भौगोलिक हिसाबले पनि चीनसँगको सबैभन्दा छोटो र सुरक्षित नाका हो । उपल्लो मुस्ताङको भूगोललाई राम्रोसँग बुझेका लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट नेपाल–चीनका लागि सबैभन्दा छोटो मानिएको तातापानीभन्दा कोरला नाका निकै सुरक्षित र सहज भएको बताउँछन् । ‘कोरला नाका सञ्चालन भए  गण्डकी र लुम्बिनी प्रदेशमा चिनियाँ सामान सस्तो र सुलभ हुने थियो । सरकारले पूर्वाधार निर्माणमा चासै दिएन ।’ कोरला नाका सञ्चालन हुन सके  व्यापारिक प्रयोजनका लागि मात्रै नभएर पर्यटन व्यवसायमा पनि उल्लेख्य फाइदा पुग्ने उनको बुझाइ छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ र दामोदरकुण्ड मुस्ताङमै पर्ने हुँदा नाका खुलेपछि यहाँ चिनियाँ पर्यटक र तीर्थयात्री बढ्न सक्ने विश्वास मुस्ताङबासीको छ ।

त्यसैगरी सोही नाका हुँदै भारतीय तीर्थयात्री चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवर पुग्ने भएकाले धार्मिक पर्यटक पनि बढ्ने उनीहरू बताउँछन् । भौतिक संरचना निर्माणका लागि १ हजार ३ सय ४४ रोपनी जग्गा छुट्याइसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले बताए । लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका जनतालाई लक्षित गरेर वर्षको दुईचोटि नाका खुलाएर अन्तरदेशीय व्यापार मेला हुने गरेको छ । तर, अन्तरदेशीय मेला भनिए पनि नेपालबाट भने कुनै सामान चीनतर्फ पठाउने वातावरण अझै नबनेको स्थानीय व्यापारीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)