ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूपश्चिममा मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम सुरु

२०७७ पौष, १०  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वीकृत गरेको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम सुरु भएको छ । सुदूरपश्चिमका चार जिल्लाका चार स्थानीय तहमा छनोटमा परेको बस्तीमा घर निर्माण सुरु गरिएको हो ।

सोही कार्यक्रमअन्तर्गत वेदकोट नगरपालिका–५ धरमपुरको मुक्त हलिया बस्तीमा घर निर्माण कार्य थालिएको छ । गत मंगलबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले घरको शिलान्यास गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गरिब तथा विपन्न वर्गको पहिचान गरी बस्ती व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको हो ।

मन्त्रालयको योजना महाशाखा प्रमुख गोकुल बोहरा विभिन्न क्षेत्रमा छरिएर रहेका भूमीहीन र अव्यवस्थित बस्ती, प्राकृृतिक प्रकोपपीडितको पहिचान गरी तिनको संरक्षण एवं जीवनस्तर उकास्न कार्यक्रम सञ्चालन गरिएको बताउँछन् । उनका अनुसार उक्त कार्यक्रम कञ्चनपुरको वेदकोट नगरपालिकासँगै डोटीको सिलगढी नगरपालिका, कैलालीको भजनी गाउँपालिका र अछामको मेल्लेख गाउँपालिकामा पनि सञ्चालनको तयारीमा छ ।

कार्यक्रमअन्तर्गत वेदकोटको मुक्त हलिया बस्तीमा १ करोड १५ लाखको बजेटमा २५ घर निर्माण गरिनेछ । मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमका लागि मन्त्रालयले ५ करोड बजेट विनियोजन गरेको छ ।

तीन स्थानीय तहमा बस्ती विकासका लागि घर निर्माण कार्य मन्त्रालयले अगाडि बढाएको छ भने मेल्लेख गाउँपालिकालाई कार्यक्रमको ६० लाख बजेट हस्तान्तरणको तयारी गरिएको योजना महाशाखा प्रमुख बोहराले जानकारी दिए ।

मेल्लेखमा १० वटा घर निर्माण गरिनेछन् । त्यस्तै, भजनीको भुरुवा राजबस्तीमा २५ र सिलगढीको वादी बस्तीमा ७ वडा घर निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री भट्टले विपन्न भूमिहीन वर्गको जीवनस्तर उकास्न कार्यक्रम ल्याइएको बताए । उनले एकीकृत बस्ती विकाससँगै रोजगारीका कार्यक्रम पनि सञ्चालन गरिने जानकारी दिए । भूमि व्यवस्था तथा सहकारीमन्त्री विनिता चौधरीले कार्यक्रम कार्यान्वयमा आएपछि लक्षित वर्गले लाभ लिन सक्ने बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)