ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तयारी छाला निकासी स्वाट्टै घट्यो

यूरोप र चीनबाट माग नै आएन : व्यवसायी

२०७७ पौष, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । छालाको माग नआएपछि पूर्वी नाकाबाट हुने तयारी छाला निर्यात घटेको छ । अघिल्लो आर्थिक वर्षमा रू. १० करोड ९१ लाख मूल्यबराबरको २४ लाख वर्गफिट तयारी छाला प्रदेश १ का तीन उद्योगले भारत चीनलगायत यूरोपेली मुलुकमा निकासी गरेका थिए । तर, कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण उद्योगले यो वर्ष तयारी छाला यूरोप र चीन पठाउन सकेका छैनन् ।

चालू आर्थिक वर्ष (आव) को ५ महीनामा रू. ५४ लाख ९५ हजार मूल्य बराबरको १ लाख ६० हजार वर्गफिट छाला भारत निकासी भएको छ । चीनबाट व्यापारीहरू नआएकाले त्यसतर्फ निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । त्यस्तै यूरोपेली मुलुकतर्पm पनि माग नआएका कारण निकासी गर्न सकिएको छैन ।

आव २०७५/७६ मा विराटनगर भन्सार कार्यालयबाट २८ करोड ७८ लाख बराबरको ५ लाख ७८ हजार वर्गफिट छाला निकासी भएको थियो । अहिले त्यसको आधा पनि निर्यात गर्न नसकेको बताइन्छ, नेपालबाट ११ ओटा छाला उद्योगले काँचो छाला पेलेर तयारी गरेको छाला रसिया, टर्की, इटाली, ल्याटिन अमेरिका, चीन र भारततर्फ निकासी गर्दै आएका छन् । प्रदेश १ मा रहेका तीनओटा उद्योग र वीरगञ्जमा रहेका अन्य आठओटा छाला उद्योगले तयारी छाला निर्यात गर्दै आएका छन् ।

नेपाल छाला उद्योग संघका उपाध्यक्ष तथा युनाइटेड टेरेनिजका सञ्चालक परवेज अख्तरले बन्दाबन्दी खुलेपछि मुश्किलले १० प्रतिशत तयारी छाला भारत निकासी भएको बताए । नेपालबाट निकासी हुने छाला ५० प्रतिशत यूरोप र बाँकी ५० प्रतिशत भारत र चीन निकासी हुँदै आएको उनले जानकारी दिए । उनको उद्योगले मात्र ३ वर्ष अघिसम्म २० लाख वर्गफिट तयारी छाला निर्यात गर्दै आएको थियो ।

छालाको निकासी शून्यमा झरेपछि उनले हातले बनाएर छालाका जुत्ता उत्पादन गरी बजारमा पु¥याउन थालेका छन् । उनले विराटनगरको सेन्टरमलमा तयारी जुत्ताको शोरूम समेत खोलेका छन् । छालाको निकासी नभएपछि फुर्सदलाई सदुपयोग र कामदारलाई काम दिनका लागि पनि जुत्ता बनाउन थालेको उनले बताए ।

पछिल्लो समय रेक्सोनका जुत्ताले बजार लिइरहेको बेला ओरजिनल छालाको जुत्ताका पारखीका लागि आपूmले जुत्ता निर्माण गरेको उनको भनाइ छ ।

कोरोनाको प्रभाव बढ्न थालेपछि एकाएक अर्डरहरू क्यान्सिल भए । उद्योगमा गरिएको करोडौंको लगानी र तयारी वस्तु त्यतिकै थन्कियो । अहिलेसम्म निकासीको सकारात्मक संकेत नदेखिएको एशियन लेदरका सञ्चालक हसन अन्सारीले बताए ।

उनले भने, ‘सरकारले उद्योगीका लागि भनेर विभिन्न आश्वासन दिए पनि एउटै कार्यान्वयन भएको छैन ।’ सरकारको भनाइ एउटा र गराइ अर्काे भएको उदाहरण दिँदै उनले भने, ‘अहिलेसम्म भ्याट फिर्तासमेत पाइएको छैन ।’

सुनसरी र मोरङमा नेपाल ट्यानिङ इन्डस्ट्रिज, एशियन लेदर र युनाइडेट टेनेरिज उद्योगले तयारी छाला निकासी गर्दै आएका छन् भने वीरगञ्जका नारायणी, नेपाल, मरियम, ग्लोबल, प्रोग्रेसिभ, स्ट्यान्डर्ड गरी आठओटा उद्योगले काँचो छाला संकलन गरी प्रशोधन गरेर निर्यात गर्दै आएका छन् ।

काँचो छालाको मुख्य संकलन स्थल काठमाडौं, ललितपुर र भक्तपुर भए पनि ती जिल्लाले निकासी कर थपेकोमा व्यवसायीले थपिएको करको विरोध गरेका छन् । नेपालका अरू कुनै पनि जिल्ला समन्वय समितिले छालामा निकासी कर नलगाएको तर उपत्यकाका तीन जिल्लाले प्रतिथान ३० रुपैयाँका दरले निकासी कर लिइरहेको उनले गुनासो गरे ।

व्यवसायी मजहर हुसैनले कर बन्द नगर्दा छाला उद्योगले थप व्ययभार बेहोर्नु परेको बताए । नेपालमा अहिले सबैभन्दा बढी भैंसी, राँगा, खसी, बोका र बाख्राको छाला संकलन, प्रशोधन र निकासी हुँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)