ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानमन्त्री ओलीको कदमविरुद्ध नागरिक समाज पनि सडकमा

कांग्रेसले पुस १३ गते १६५ ओटै निर्वाचन क्षेत्रमा प्रर्दशन गर्ने

२०७७ पौष, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विगठन गरेपछि उक्त कदमविरुद्ध सडक आन्दोलन केन्द्रित भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । ‘प्रतिगमन विरुद्ध बृहत् नागरिक आन्दोलन’को ब्यानरमा शनिवार भएको प्रदर्शनमा सहभागीहरूले प्रतिनिधिसभा विघटनको विरोध गरे । प्रतिनिधिसभा पुनःस्थापना भएर जनताको सार्वभौम अधिकार जनतामै नफर्किएसम्म आन्दोलन गर्दै जाने नागरिक अगुवाहरूले बताएका छन् । यस्तै उनीहरूले विद्यमान समस्याको समाधान संविधानभित्रैबाट खोज्न सुझाएका छन् । पुस १८ गतेसम्म दिन बिराएर प्रदर्शन गर्ने नागरिक आन्दोलनले जानकारी दिएको छ ।

आन्दोलनका कार्यक्रम अनुसार पुस १३ मा मा डम्फु एपिसोड, पुस १५ मा धिमे एपिसोड, पुस १७ मा च्याब्रुङ एपिसोड र  पुस १८ मा सडक नाटकसहित सभा गरिने कार्यक्रम तय भएका छन् । माइतीघर मण्डलामा शनिवार आयोजित शंख एपिसोडमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन ल्याएको विरोधमा शंख बजाएर प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, प्राध्यापक बालकृष्ण माबुहाङ, लेखक तथा पत्रकार नारायण वाग्ले लगायतले प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिँदै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग गरेका थिए ।  

प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट कारबाही गरेसँगै प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले ओलीविरुद्ध देशव्यापी आन्दालनको घोषणा गरिसकेको छ । नेकपाले शुक्रवार पत्रकार सम्मेलन नै गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

यस्तै प्रतिपक्ष दल कांगे्रसले प्रतिनिधिसभा विघटन विरुद्ध पुस १३ गते १६५ ओटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । कांगे्रसले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भन्दै त्यसविरद्ध पुस १३ को प्रदर्शनमा सहभागी हुन आग्रह गरेको छ ।

प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन सडक केन्द्रित भइरहँदा  राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिवार काठमाडौंमा मोटरसाइकल ¥याली निकालेको छ । र्‍यालीमा राप्रपाका अध्यक्षहरू कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायत नेता सहभागी भएका थिए । प्रधानमन्त्री ओलीको कदमविरुद्ध आफ्नै दल नेकपा सहित अन्य दल सडकमा आर्लिंदा प्रधानमन्त्री ओलीले भने शुक्रवार निर्धक्कसँग मन्त्रीमण्डल विस्तार तथा हेरफेर गरेका छन् । ओलीको कदम विरुद्ध असहमति व्यक्त गर्दै प्रचण्ड–नेपाल समूहका पर्यटनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले पुस ५ गते सामूहिक राजीनामा दिएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)