ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय चितवनको राजस्व असुली ९० प्रतिशत नाघ्यो

२०७७ पौष, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरले मङ्सिर महीनामा सबै शीर्षकमा गरी लक्ष्यको ९० दशमलव ७० प्रतिशत असुली गरेको छ । कार्यालयले विभागले दिएको लक्ष्य अनुसार आयकर शीर्षकमा १३० प्रतिशत, बहालकरमा ४३ प्रतिशत, ब्याजकरमा ४८५ प्रतिशत, मूल्य अभिवृद्धि करमा १३७ प्रतिशत, अन्तःशुल्कमा ८१ प्रतिशत, शिक्षा सेवा शुल्कमा २ प्रतिशत र स्वास्थ्य सेवा शुल्कमा शून्य प्रतिशत राजस्व असुली गरेको हो ।

कार्यालयले चालू आर्थिक वर्षको चौमासिकमा लक्ष्यको ८१ प्रतिशत मात्र राजस्व असुली गरेको थियो । कार्यालयका अनुसार मङ्सिर महीनामा आयकर शीर्षकबाट १३ करोड ६६ लाख २८ हजार, बहाल करबाट १४ लाख ९६ हजार, ब्याजकरबाट ४७ लाख ९३ हजार, मूल्य अभिवृद्धि करबाट १४ करोड १७ लाख ३ हजार असुली गरेको छ । यस्तै अन्तःशुल्क शीर्षकबाट ८० करोड २३ लाख ७३ हजार, शिक्षा सेवा शुल्कबाट ३ हजार र स्वास्थ्य सेवा शुल्कबाट ७ हजार रुपैयांँ असुली भएको छ ।

कार्यालयका सूचना अधिकारी कपिल नेपालले भरतपुर आन्तरिक राजस्व कार्यालयको राजस्व संकलन अन्तःशुल्क शीर्षकमै भर पर्ने हुनाले हरेक महीना असुलीमा उत्तारचढाव आउने बताए ।

पछिल्लो समय आर्थिक गतिविधि चलायमान हुँदै गएकाले अबका महीनामा राजस्व असुली बढ्दै जाने उनको भनाइ छ । पुसमा सेवाग्राहीले अनुमानित आयकरको पहिलो किस्ता बुझाउने भएकाले राजस्व असुली बढ्ने उनले बताए ।

चालू आर्थिक वर्ष २०७७/७८ का लागि विभागले कार्यालयलाई १८ अर्ब ९० करोड ९० लाख ४ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको छ । आवको पहिलो ५ महीनामा कार्यालयबाट कुल ६ अर्ब १ करोड ५४ लाख राजस्व असुली भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)