ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुन्तलामा औंसा कीराको प्रकोप

२०७७ पौष, १७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । सुन्तलामा औंसा कीराले आक्रमण गरेपछि पर्वतको बाँसखर्कका किसान चिन्तित छन् । सुन्तला पाकेर बजार पठाउने तयारी भइरहेको समयमा कीराका कारण दाना पहेँलिएर झर्ने समस्या देखिएको छ ।

जिल्लाको सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको बाँसखर्कमा विगत वर्षमा राम्रो उत्पादन भए पनि यो वर्ष औंसा कीराले क्षति पु¥याएको अगुवा किसान जगतबहादुर खत्रीले बताए । ‘बोटमा पाके जस्तो देखिने तर फल आफै झरेर सकिन थाल्यो,’ उनले भने ।

गतवर्ष यो गाउँबाट ५ करोड रुपैयाँ बराबरको सुन्तला विक्री भएको थियो । यस वर्ष फूल फुल्नेदेखि पाक्ने बेलासम्म मौसम राम्रो भए पनि पाक्ने बेलामा भने अनौठो किसिमले फल कुहिने समस्या देखिएको खत्रीले बताए । सुन्तलाका दाना कुहिएर झर्न थालेपछि किसानले संकलन गरेर मलखाडलमा पुर्दै आएका छन् । यहाँका २६१ घर परिवारमध्ये करीब २०० ले अन्य खेतीपाती छाडेर सुन्तला उत्पादन गर्दै आएका छन् ।

कीराका कारण आम्दानी आधाभन्दा बढी घट्ने अवस्था रहेको किसान चन्द्रकुमारी भण्डारीले बताइन् । उनले गतवर्ष सुन्तला विक्रीबाट ८ लाख रुपैयाँ आम्दानी गरकी थिइन् । ‘यो वर्ष मौसम राम्रो भएकाले आम्दानी धेरै हुने अपेक्षा थियो,’ उनले भनिन्, ‘टिप्ने बेला कुहिएर सकिए । लगानी र मिहेनत सबै खेर गयो ।’ सुन्तलाको व्यवस्थित बजारीकरणका लागि किसानकै अग्रसरतामा ‘बजारमारे सुन्तला उत्पादन सहकारी’ स्थापना गरिएको छ । सहकारीले घरैबाट सुन्तला टिपेर काठमाडौंदेखि चितवनसम्मका बजारमा पु¥याउँदै आएको छ । सुन्तला विक्रीबाट भएको आम्दानीको केही प्रतिशत रकमले सहकारीको खर्च धानिएको थियो । सुन्तला कुहिएर नष्ट हुन थालेपछि सहकारीको आम्दानीसमेत घट्ने भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)