ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिममा एक लाख घरधुरी मेट्रिक प्रणालीमा आबद्ध

२०७७ पौष, १७  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका एक लाख घरधुरीमा मेट्रिक ठेगाना प्रणाली लागू गरिएको छ । एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण लगानीमा क्षेत्रीय सहरी विकास आयोजना धनगढीले कैलालीको धनगढी उपमहानगरा, गोदावरी नगरपालिका (अत्तरिया), कञ्चनपुरका भीमदत्त र शुक्लाफाँटा नगरपालिकाभित्र मेट्रिक ठेगाना प्रणाली लागू गरेको हो ।

कैलाली र कञ्चनपुरका चार वटै सहरभित्रका घर तथा व्यावसायिक आवासको पहिचान गरेर सडक सञ्जालमा आधारित करिब एक लाख घरधुरी मेट्रिक ठेगाना प्रणालीमा जोडेर घर तथा आवासीय भवनको नम्बरिङ गरिएको हो ।

प्रदेशमा पहिलो पटक मेट्रिक प्रणाली अवलम्बन गरिएको प्राविधिक विज्ञ उमेश कुँवरले बताए । ‘सुरुमा हामीले सम्पूर्ण बाटोको नाम संकलन गर्‍यौं,’ कुँवरले भने, ‘सम्बन्धित वडाअध्यक्षको संयोजकत्वमा चलनचल्तीमा रहेको बाटोको नामकरणसँगै घर, विद्यालय, व्यावसायिक आवास, निजी तथा सार्वजनिक भवन र मानव प्रयोजनका लागि निर्मित सम्पूर्ण घरको मेट्रिक प्रणालीअनुसार नम्बरिङ  कार्य सम्पन्न भयो ।’

मेट्रिक ठेगाना प्रणालीअन्तर्गत सम्बन्धित नगरपालिकाभित्रका मुुख्य सडकलाई कोडिङ गरिएको छ । कोडिङपछि ती सडकको एउटा–एउटा प्रवेश बिन्दुु र अन्तिम बिन्दुु लिइएको छ ।

प्रवेश बिन्दुुबाट प्रत्येक घरको मूल ढोकासम्मको दूरी मिटरमा नापेर सोही नापको आधारमा घरको नम्बर राखिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले
बताएको छ ।

बाटोको नाम र घरघरमा नम्बर प्रदान गरेपछि कुनै पनि बाटो र घर एकिन गर्न सजिलो हुने क्षेत्रीय आयोजना कार्यान्वयन इकाइ धनगढीका आयोजना उप–व्यवस्थापक इन्जिनियर श्यामचन्द्र बुढाथोकीले जानकारी दिए । यसका लागि संस्थागत विकास परामर्शदाताबाट काम थालिएको थियो ।

उनका अनुसार चार वटै नगरमा सर्वेक्षण टोली घर–घरमा पुगेर मेट्रिक ठेगाना प्रणालीअनुसार घरहरूको नम्बरिङ गर्ने काम भएको छ ।

मेट्रिक ठेगाना प्रणालीमा प्रदान गरिने घर नम्बर मूल सडकको केन्द्रबाट घरको मूल गेटको दूरीमा आधारित भएको प्राविधिक विज्ञ कुँवरले बताए । उनका अनुसार यसबाट बाटो पत्ता लाग्नेबित्तिकै घर कति टाढा छ भन्ने सजिलै थाहा पाउन सकिनेन्छ ।

घर नम्बर दिँदा बाटोको बायाँपट्टि बिजोर र दायाँपट्टि जोर नम्बर राखिएको छ ।  

उक्त ठेगाना प्रणाली लागू भएपछि हरेक घरमा घर नम्बर देखिने गरी राख्नुपर्नेछ । पछि थपिने घरका लागि सम्बन्धित नगरपालिकाबाटै विशेष नम्बर प्रदान गरिने आयोजनाले
बताएको छ ।

पूर्ण रूपमा घर नम्बर प्रदान गरिसकेपछि पत्राचारलगायतको ठेगाना नयाँ ढाँचामै लेख्नुपर्ने र त्यसरी लेखिएको ठेगाना सहजै पहिचान हुने आयोजनाले बताएको छ ।

प्राविधिक सर्वेक्षण टोलीले घरघरमै गएर मेट्रिक ठेगाना प्रणालीअनुसार घरको नम्बरिङ गर्दा घरधनीको नाम, टेलिफोन नम्बर, परिवार संख्या, कच्ची वा पक्की घर, सम्बन्धित घरको फोटो तथा घरको बनाबटसमेत विवरण संकलन गरेर घर नम्बर दिने काम भएको प्राविधिक विज्ञ कुँवरले बताए ।

‘हामीले गरेको सर्वेक्षणअनुसार सबैभन्दा बढी धनगढी उपमहानगरभित्र ५०/५५ हजार, भीमदत्त नगरभित्र २५/÷३० हजार, गोदावरी नगरभित्र १५/२० हजार र शुक्लाफाँटा नगरपालिकाभित्र १०/१२ हजार घरमा मेट्रिक ठेगाना प्रणालीअन्तर्गत घर तथा आवासीय भवनको नम्बरिङ गर्ने काम सम्पन्न गरेका छौं,’ प्राविधिक कुँवरले भने ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)