ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘न्यू इयर इभ’ले पर्यटन व्यवसायी उत्साहित

२०७७ पौष, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सन् २०२१ को शुरुआतले आन्तरिक पर्यटनमा आशाको सञ्चार गरेको छ । कोरोना महामारी (कोभिड– १९) ले करीब १० महीना ठप्प जस्तै भएको पर्यटन क्षेत्रमा ‘न्यू इयर इभ’मा देशका विभिन्न ठाउँमा आन्तरिक पर्यटकहरूको उपस्थिति र रौनकले पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

बा≈य पर्यटकको उत्सव मानिने ‘न्यू इयर इभ’ केही वर्षदेखि आन्तरिक पर्यटकका लागि समेत नयाँ उत्सव बने पनि कोभिडले यस्ता कार्यक्रम आयोजना गर्ने कि नगर्ने भन्ने दोधारका बीच आयोजना गरिएका कार्यक्रममा आन्तरिक पर्यटकको घुइँचो लागेपछि व्यवसायी उत्साहित भएका हुन् ।

आन्तरिक पर्यटकहरूको उपस्थिति बढ्दा कोभिडले थलिएको पर्यटनलाई आन्तरिक पर्यटनले भए पनि केही हदसम्म लयमा फर्काउन सकिन्छ भन्ने आशा उनीहरूको छ । विमान सेवा कम्पनीहरूले हवाई टिकटमा गरेको प्याकेजसहितको छूट अफर, होटेल तथा रेस्टुराँ व्यवसायीहरूले गरेका अफर तथा छूटले पनि आन्तरिक पर्यटन बिस्तारै चलायमान बन्दै जान थालेको पर्यटन व्यवसायीहरूको धारणा छ ।

नयाँ वर्षको अवसरमा काठमाडौं, पोखरा, चितवन (सौराहा), लुम्बिनी, दोलखा (चरिकोट) जस्ता पर्यटकीय गन्तव्यमा पर्यटकहरूको भीड बढेको थियो । पछिल्लो समय भारतसँग एअर बबल सहमति भएपछि विस्तारै भारतीय पर्यटकसमेत नेपाल आउन थालेका छन् ।

विश्वव्यापी रूपमा देखिएको कोरोना महामारीको जोखिमले बाह्य पर्यटक आउने अवस्था नरहेको सन्दर्भमा नयाँ वर्षमा आयोजना गरिएका कार्यक्रम र पर्यटकको उपस्थितिले आन्तरिक पर्यटन चलायमान हुने आशा देखिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मीले बताए ।

‘बन्द भएर बसिरहनु पर्दा मानिसलाई कहाँ जाउँ के गरौं भएको अवस्थामा नयाँ वर्षमा आयोजना गरिएका कार्यक्रमले पक्कै उत्साह थपेको छ,’ उनले भने, ‘अब स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालना गर्दै पर्यटकीय गतिविधि अगाडि बढाउनुको विकल्प छैन ।’

सीईओ रेग्मीले पर्यटन प्रवद्र्धनका लागि संघीय सरकार, प्रदेश र स्थानीय तह तथा निजीक्षेत्र मिलेर नयाँ कार्यक्रमसहित अगाडि बढ्नुपर्ने बताए । यो बेला आन्तरिक पर्यटनले भरिभराउ हुने पोखरा, सौराहा, ठमेल, धुलिखेल, चरिकोटलगायत क्षेत्रमा पर्यटकको चहलपहल जति हुनुपर्ने हो त्यो नभए पनि आन्तरिक पर्यटकको उत्साह देखिनु सकारात्मक भएको होटेल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । उनले पर्यटन व्यवसायीका लागि सरकारले ल्याएका सहुलियत, आन्तरिक पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्पm ध्यान दिने हो भने आन्तरिक पर्यटन विस्तारै लयमा फर्किने धारणा राखे । कोभिडका कारण लामो समयसम्म ठप्प व्यवसायहरू बिस्तारै चलायमान हुन थालेको र यसले व्यवसायीलाई उत्साहित बनाएको रेस्टुराँ एन्ड बार एशोसिएशन नेपाल (रेवान) का अध्यक्ष अरनिको राजभण्डारीले बताए ।

अन्योलका बीचमै आयोजना गरिएको पोखरामा सडक महोत्सवमा पर्यटक आगमन हेर्दा यसले व्यवसायीहरूमा आशाको सञ्चार गरेको रेवान पोखराका प्रथम उपाध्यक्ष नरेश भट्टराईले बताए । रेवानले पोखरालाई ‘नयाँ वर्षको गन्तव्य स्थल’ का रूपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित पुस १५ देखि १७ पुससम्म ‘२२ औं पोखरा सडक महोत्सव २०२० र ०२१’ आयोजना गरेको उनले जानकारी दिए । ‘पोखरामा हरेक वर्ष सडक महोत्सव हुँदै आएको थियो । यसपटक गर्ने या नगर्ने दोधारकै बीचमा कार्यक्रम आयोजना गर्‍याैं । आन्तरिक पर्यटकले नै यो वर्ष नयाँमा पोखराका होटेल भरिए । यसरी आन्तरिक पर्यटकले नै पोखरा भरिएको शायद यो पहिलोपटक हो,’ उनले भने ।

लामो समयदेखि बन्द गौतमबुद्धको जन्मस्थल लुम्बिनी खुल्दा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।
कोभिडका कारण सन् २०२० मा बाह्य पर्यटक आगमन कम भएको र तत्काल बा≈य पर्यटक आउने सम्भावना अभैm कम रहेको अवस्थामा सरकारले समेत आन्तरिक पर्यटन प्रवर्द्धनलाई जोड दिने बताउँदै आएको छ ।

तत्काल अधिकतम पहुँच विस्तार गरी प्रभावकारी कार्यान्वयनमा ध्यान दिन मन्त्री पौडेलले राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनलाई मन्त्री पौडेलले निर्देशन दिए । कर्जा प्रवाहको अवस्थाको विवरण नियमित रूपमा अर्थ मन्त्रालयलाई राष्ट्र बैंकले जानकारी गराउने र सार्वजनिक गर्ने निर्णय समेत बैठकले गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)