ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागढुंगा नौबीसे सुरुङ निर्माणमा छैन अवरोध

२०७७ पौष, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजनाको सुरुङ (टनेल) खन्ने काम शुरू भएको ३ हप्तामै स्थानीय बासिन्दाले विभिन्न माग राखे पनि खन्ने काम भने जारी रहेको छ । ४ दिनअघि विभिन्न प्रकारका अव्यावहारिक माग लिएर साइट अवरोध गर्न स्थानीय बासिन्दा आएका भए पनि सुरुङ खन्ने काम यथावत् रहेको छ । २४सै घण्टा काम चालू राख्नेगरी सेड्युल बनाउने तयारी आयोजनाले गरेको छ ।

धादिङको सिस्ने खोलाबाट आयोजनाले सुरुङ खन्ने काम शुरू गरेको भए पनि त्यस क्षेत्रका स्थानीय बासिन्दाले अव्यावहारिक माग राखेर काम रोक्ने चेतावनी दिएका थिए । ‘४ दिनअघि उहाँहरूले सुरुङ खन्ने काम अघि नबढाउन चेतावनी दिए पनि खन्ने काम भने रोकिएको छैन,’ आयोजना प्रमुख नरेशमान शाक्यले भने, ‘उहाँहरूका माग अत्यन्तै अव्यावहारिक भएकाले आयोजनाले पूरा गर्न सक्दैन ।’

त्यहाँका स्थानीयहरू त्यसपछि आयोजना स्थलमा माग राख्न नआएको र काममा पनि अवरोध नगरेकाले नियमित रूपमा सुरुङ खन्ने काम भइरहेको शाक्यको भनाइ छ । स्थानीय तथा नगरपालिकामै अहिले उनीहरू छलफलमा रहेको पाइएको भन्दै शाक्यले आयोजना साइटमा अवरोध गर्ने सम्भावना नदेखिएको बताए ।

साइट क्लियर गरेर काम सुरुङ खन्ने काम शुरू गरे पनि त्यहाँका स्थानीयले अहिले खानेपानीको सुनिश्चितता, खेलकुद मैदान निर्माण, सम्बद्ध वडाको ६ किलोमीटर सडक कालोपत्र गर्नुपर्ने, आयोजनामा रोजगारी दिनुपर्नेलगायत माग राख्दै विरोध गरेका थिए । शाक्यका अनुसार सडक पिच गर्ने माग सम्बद्ध निकायमा जानकारी गराइएको छ ।
आयोजनाले स्थानीयलाई नै प्राथमिकतामा राखेर रोजगारी दिएको उनले बताए । उनका अनुसार आयोजना स्थलमै ८९ जना स्थानीयलाई रोजगारी दिइसकेको र स्थानीय ठेकेदार, सप्लायर्सहरूसमेत गरी अहिले ६० देखि ७० प्रतिशत स्थानीयले रोजगारी पाएका छन् ।

पुस ७ गतेदेखि आयोजनाको पश्चिमपट्टिबाट सुरुङ खन्न शुरू गरेको आयोजनाले १४ महीनामा नै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । यद्यपि सम्पूर्ण आयोजनाको काम भने ४२ महीनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कुल ५ दशमलव ७ किलोमीटर (किमी) को एप्रोच मार्गसहितको सडकमा सुरुङमार्ग भने २ दशमलव ६८ किमी छ । आयोजना स्थलमा कार्यरत श्रमिक तथा कर्मचारीलाई सिप्mटमा विभाजन गरेर २४ घन्टा नै काम गर्ने वातावरण बनाउने योजना रहेको छ । आयोजनाको कुल लागत रू. २२ अर्ब छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)