ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन पुनरुत्थान कार्यदल निष्क्रिय

२०७७ पौष, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडाैं । कोरोना महामारी (कोभिड–१९) ले थलिएको पर्यटनलाई चलायमान बनाउने अभिप्रायले गत असोजमा सरकार तथा निजीक्षेत्रको साझेदारीमा गठन गरिएको पर्यटन पुनरुत्थान कार्य दल निष्क्रिय देखिएको छ ।

नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममुखी भूमिका खेल्न सार्वजनिक निजी साझेदारीको अवधारणाबमोजिम विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटन पुनरुत्थान कार्यदल गठन गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन पुनरुत्थान कार्यदलले आन्तरिक पर्यटनलाई चलायमान बनाउने पर्यटकीय गतिविधि सार्वजनिक गरेको थियो ।

सरकारले बजेटमा घोषणा गरेको देश दर्शन कार्यक्रम कार्यान्वयनका लागि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको समन्वय तथा सहकार्यमा अभियान शुरू गरिएको हो ।

कार्यदलले पर्यटन क्षेत्रका नीतिनिर्माताहरू, सरोकारवाला निकायहरूबीच परिणाममुखी समन्वय स्थापना गराउन तथा स्रोत बजारका टुर अपरेटर्स एवम सम्भाव्य पर्यटकहरूबीच विश्वसनीय तथा प्रभावकारी सञ्चार गर्ने कार्यमा केन्द्रित् रहने गरी कार्यक्रम तथा गतिविधिहरू गर्ने कार्यदल गठन गर्ने समयमा बताइएको थियो ।

‘पर्यटनका लागि हाम्रो देश,घुमाैं देश, चिनाैं परिवेश ’ भन्ने मूल नाराका साथ तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अभियानको लोगो, सन्देशमूलक भिडियोलगायत सामग्रीसमेत सार्वजनिक गरेका थिए । तर, त्यसपछि कार्यदलले खासै प्रभावकारी ढंगले काम गर्न सकको छैन । सरकार राजनीतिक मुद्दामा केन्द्रित रहेको तथा निजीक्षेत्र ‘पर्ख र हेर’को स्थितिमा रहकोले कार्यदलले सोचेअनुरूप काम गर्न नसकेको सरेकारवालाहरूले प्रतिक्रिया दिएका छन् ।

कार्यदलका संयोजक एवम् नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ दीपकराज जोशीले महामारीबाट सुरक्षित रहँदै पर्यटनसँग सँगसँगै भन्ने भावनाका साथ सरोकारवाला संस्था एकताबद्ध भएर देश दर्शन कार्यक्रम अघि बढाइएको भए पनि सरकारी निकायसँग तलमेल गर्न नसक्दा कार्यक्रम प्रभावकारी हुन नसकेको बताए । आफुहरूले पर्यटन प्रर्वद्धनका कार्यक्रमहरूका सन्दर्भमा कार्ययोजना बनाएर पर्यटन मन्त्रालयमा पेश गरिसकको उनले जानकारी दिए ।

‘कार्यक्रम घोषणा तथा कार्ययोजना निर्माण गर्दै गर्दा सन् २०२० सकियो । अब सबै क्षेत्र खुल्दै गएका सन्दर्भमा आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालमा कसरी सुरक्षित ढंगले पर्यटकीय गतिविधिमा संलग्न गराउन सकिन्छ भनेर हामी सरोकारवाला निकायहरूबीच छलफलमै छाैं । छलफलको चरणमै रहेकाले त्यसको परिमाण आइहाल्ने अवस्था छैन,’ उनले भने ।

उनले कोभिडको मारमा परेको पर्यटनलाई पुनरुत्थान गर्न एकीकृत प्रयास आवश्यक भएकाले सोहीअनुसार सरोकारवाला निकायहरूसँग समन्वय भइरहेको जानकारी दिए ।

तत्कालीन पर्यटन मन्त्री भट्टराईले पर्यटन मन्त्रीबाट राजीनामा दिएपछि पर्यटन मन्त्रालय सम्हालेका भानुभक्त ढकालले यस विषयमा छलफल गर्न आइवार मन्त्रालय बोलाएको प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुढालले जानकारी दिए ।

उनले मन्त्रीसँगको छलफलपछि कार्यक्रमले गतिलिने अपेक्षा गरेको बताए ।

कोभिडपछि दक्षिण एशियामै पहिलोपटक अन्तरराष्ट्रिय उडान गर्ने मुलुकका रूपमा नेपालले दाबी गर्दै गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड तथा भिषालगायत विषयमा स्पष्टता नहुदाँ बाह्य पर्यटक अन्योलमा रहेका पर्यटन व्यवसायीहरूको धारणा छ । महामारीबाट बचेर पर्यटनका गतिविधि बढाउन सरकारले हवाई उडान, होटेल तथा रेस्टुराँ व्यवसाय, पदयात्रा, पर्वतारोहणजस्ता पर्यटकीय क्षेत्रलाई खुला गरिसकेको छ ।

विश्व पर्यटन परिषद्को सन २०१९ को तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत रहेको छ भने करीब ११ लाख रोजगारी सृजना गरेको सरकारको दाबी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)