ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी

२०७७ पौष, २६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

पुस २६, कास्की । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । संघको शनिवार भएको मतदानमा अध्यक्ष कोइराल सहित उनको प्यानलले वर्चस्व कायम गरेको छ । 

अध्यक्षमा कोइराला १ हजार ३ सय ७५ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकतम प्रतिद्वन्दद्वी विन्दु कोइराला सुवेदी ९ सय ६५ मत ल्याएर पराजित भएकी छन् । अध्यक्षमा निर्वाचित कोइराला निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । पराजित सुवेदी निवर्तमान उद्योगतर्फकी उपाध्यक्ष हुन् । 

निर्वाचनमा कोइराला प्यानलका अधिकांश सदस्य विजयी भएका छन् । खुला १० सदस्यीय पदका लागि कोइराला प्यानलका ७ जना विजयी भएका छन् । सुवेदी प्यानलबाट १ र स्वतन्त्र २ जना उमेदवार विजयी भएका छन् ।

कोइराला प्यानलकी शोभा गौतम सर्वाधिक १ हजार ७ सय मत प्राप्त गरेर सदस्यमा निर्वाचित भएकी छन् । त्यस्तै कोइराला प्यानलकै देवेन्द्र केसी १ हजार ६ सय ८५, कुमारी मुना बास्तोला १ हजार ६ सय २६ मत ल्याएर विजयी भएका छन् ।
संघको अन्य सदस्यमा हरिराज पन्त १ हजार ३ सय ८८, भरत केसी १ हजार ३ सय २३, दीनेशचन्द्र बास्तोला १ हजार २ सय ८२ र सुदन बहादुर कोइरालाले १ हजार २ सय ३८ मत प्राप्त गरेर विजयी भएका छन् ।

विन्दु कोइराला सुवेदी प्यानलकी पवित्रादेवी गुरुङ १ हजार २ सय ४१ मत प्राप्त गरी विजयी भएकी छन् । स्वतन्त्र उम्मेदवार उत्तममान बुद्धाचार्य १ हजार ५ सय ९७ र सुदीप प्रधानांग १ हजार ४ सय १४ मत प्राप्त गरेर विजयी भएका छन् ।

त्यस्तै, यसअघि सदस्य पदको वस्तुगततर्फ ४ जना विजयी भएका छन् । निर्वाचनमा विजयी हुनेहरूमा बालकृष्ण कोइराला, राजेन्द्र गुभाजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल रहेका छन् । 
शनिवार सम्पन्न निर्वाचनको मत गणना आइतबार बिहान १० बजेबाट शुरू भएको थियो । कुल ३ हजार १५४ मतदाता रहेको संघमा २ हजार ३६५ (७४.९८ ) प्रतिशत मत खसेको थियो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)