ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एयर ट्रान्सपोर्ट बबल स्किमले भारतीय पर्यटकको आगमन वृद्धि

२०७७ पौष, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल र भारतबीच ९ महीनापछि नियमित हवाई उडान शुरू हुने गरी भएको एयर ट्रान्सपोर्ट बबल स्किमका कारण नेपालमा बिस्तारै भारतीय पर्यटकको आगमनमा बृद्धि भएको छ ।

भारतले प्रस्ताव गरेको एयर ट्रान्सपोर्ट बबल स्किममा गत पुस ५ गते नेपाल भारतबीच सहमति भएको थियो । त्यसअनुसार उडान शुरू भएपछि भारतीय पर्यटकको आगमन वृद्धि भएको हो ।

कोरोना महामारीका कारण नेपाल र भारतबीच २०७६ चैत ११ गतेबाट हवाई उडान बन्द थियो । भारतले गत कात्तिकमा नै विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी नेपालसमक्ष ‘एयर ट्रान्सपोट बबल स्किम’ को प्रस्ताव गरे पनि नेपालले अस्वीकार गरेको थियो ।

सरकारले कोरोना संक्रमणका कारण बन्द गरेको अन्तरराष्ट्रिय उडान करीब ५ महीनापछि गत भदौ १६ गतेदेखि नियन्त्रित रूपमा खोलेको थियो भने असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको थियो ।

अन्तरराष्ट्रिय उडानहरू क्रमशः थपिँदै गए पनि भारतमा भने उडान शुरू भएको थिएन । एयर बबल स्किमअन्तर्गत हाल दुवै देशले एक एक वायुसेवा कम्पनीमार्फत काठमाडौं–दिल्ली उडान गर्ने निर्णय भएसँगै नयाँ वर्ष मनाउन थुप्रै भारतीय पर्यटक हवाई मार्गबाट नेपाल आएको पर्यटन व्यवसायीहरूले बताएका छन् ।

हवाई मार्ग सामान्य रूपमा खुला भए पनि नेपाल भारत सीमा नाका भने बन्द रहँदा नेपाल आउन चाहने हजारौं पर्यटक नेपाल आउन पाएका छैनन् । त्यसैले स्वास्थ्य मापदण्ड पालना गर्दै सीमाक्षेत्र पनि खुला गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । उनले सीमा नाका बन्द हुँदा लुम्बिनी आउन चाहने भारतीय पर्यटक आउन नपाएको समेत बताए ।

सिद्धार्थ होटेल संघ भैरहवाका उपाध्यक्ष किशोर जोशीले सीमा नाका खोल्नासाथ भारतीय पर्यटकको आगमनमा थप वृद्धि हुने बताए । ‘सीमाक्षेत्रबाट थुप्रै सोधपुछ भइरहेको छ । तर, सीमा बन्द हुँदा स्थलमार्गबाट आउने पर्यटक आउन पाएका छैनन । सीमा नाका खोल्न सकेमा भारतीय पर्यटकलाई नेपाल ल्याउन सकिन्छ । यसले कोभिडबाट थलिएको पर्यटन चलायमान बनाउन पकै सहयोग पुग्नेछ,’ उनले भने ।

लामो समयको बन्दले घरमै बस्न बाध्य भारतीय पर्यटकलाई एयर ट्रान्सपोर्ट बबल स्किमले नजीकैको छिमेकमा आउन थप सहजता प्रदान गरेको र नयाँ वर्षमा पोखरामा आफूहरूले अपेक्षा गरेभन्दा बढी भारतीय पर्यटक आएको होेटेल तथा रेस्टुराँ व्यवसायी संघ (रेवान) पोखराका प्रथम उपाध्यक्ष नरेश भट्टराईले बताए । खासगरी काठमाडांै, पोखरा, चितवन तथा लुम्बिनीमा नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरू आएका थिए ।

पछिल्लो सम्झौताअनुरूप नेपालबाट नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं र एअर इन्डियाले दिल्ली–काठमाडौं–दिल्ली दैनिक एकएक उडान गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । ‘एयर ट्रान्सपोर्ट बबल स्किमअनुसार यो उडानमा कूटनीतिक नियोगका व्यक्तिबाहेक नेपाली र भारतीय नागरिकले मात्र यात्रा गर्न पाउँछन् । यो स्किमअनुसार तेस्रो देशका नागरिकले भने यात्रा गर्न पाउँदैनन् । यद्यपि यस स्किमअन्तर्गत नेपाल आउने यात्रुले अन्तरराष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्छ । विमान बोर्डिङ हुने समयभन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुमात्र नेपाल आइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)