ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लघुवित्तसँग पुनर्कर्जाको आवेदन माग

२०७७ पौष, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार सूचना जारी गर्दै लघुवित्त संस्थालाई एकमुष्ट रूपमा प्रदान गर्ने साधारण पुनर्कर्जाका लागि माघ १२ गतेसम्म आवेदन खुला गरेको छ । यसबाट लघुवित्त वित्तीय संस्थाका पुराना ऋणीले पनि अब पुनर्कर्जा सुविधा प्राप्त गर्न पाउने भएका छन् ।

यसअघिसम्म वाणिज्य विकास बैंक र वित्त कम्पनीहरूका ग्राहकले मात्र उपयोग गर्न पाएका थिए । लघुवित्तको कर्जा ब्याजदरको सीमा अधिकतम १५ प्रतिशतसम्म तोकेकाले पुराना ऋणीले केही राहत पाउनेछन् ।

 लघुवित्त संस्थाहरूका लागि २१ अर्ब रुपैयाँ बराबरको एकमुष्ट पुनर्कर्जा छुट्याएको केन्द्रीय बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कामु कार्यकारी निर्देशक किरण पण्डितले बताए । उनका अनुसार लघुवित्तका ऋणीले कति सुविधा पाउने खुलाइएको छैन । पुराना ऋणीलाई यसअघि दिएका जतिसुकै ब्याजदर भए पनि त्यसलाई घटाएर ५ प्रतिशत मात्र लिनुपर्ने व्यवस्था छ । ‘हामीले लघुवित्तलाई एकमुष्ट पुनर्कर्जा दिन्छौं र संस्थाले लगानीयोग्य पूँजी पाएसँगै लगानी गर्न पाउँछन्,’ उनले भने । लघुवित्तका ऋणी साना हुने भएकाले ऋणीको सूची मागिएका छैन । आवेदन परेको आधारमा लघुवित्तको कुल कर्जाको आधारमा समीक्षा गरेर ऋणीलाई कति ब्याजदर घटाउने टुंगो लाग्ने राष्ट्र बैंकको भनाइ छ ।

केन्द्रीय बैंकको कात्तिकसम्मको तथ्यांकअनुसार मर्जर तथा प्राप्तिपछि ७६ ओटा लघुवित्त वित्तिय संस्था रहेका छन् । लघुवित्तमा परेको कुल अंशलाई विभाजन गर्दा प्रत्येकको भागमा रू. २७ करोड ६३ लाख बराबर भाग पुग्छ । तर, यस्तो कर्जा लघुवित्त संस्थाहरूले अघिल्लो त्रयमासको पूँजीकोषको अधिकतम ६५ प्रतिशतसम्म मात्र माग गर्न पाउने व्यवस्था गरिएको छ । यसको आधारमा लघुवित्त संस्थाअनुसार प्रतिसंस्था रू. ६ करोडदेखि २० करोडसम्म प्राप्त गर्न सकिने अनुमान रहेको राष्ट्र बैंक नियमन विभागले बताएको छ ।

लघुवित्त संस्थाहरूले यसअघि लघुवित्तलाई फन्डको अभाव भएकाले स्रोतको विविधीकरण गर्न माग गरिरहेकाले पहिलोपटक पुनर्कर्जा सुविधा उपयोग गर्ने अवसर जुटेको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्तराज लम्साल बताउँछन् ।

बजारमा अधिक तरलताको स्थितिमा अहिले लघुवित्तलाई स्रोतको खासै असर भने नपरेको बताउँदै उनले भने, ‘यो पुनर्कर्जा आए हामीलाई रेट सस्तो पर्न सक्छ । पछिल्लो चरणमा बैंक तथा वित्तीय संस्थाबाट आधारदरभन्दा कम कर्जा दिन नपाउने भनिएको छ । बैंकबाट लागत बढ्ने अवस्थामा अब पुनर्कर्जा सुविधाले लघुवित्त संस्थालाई राहात पुग्नसक्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)