ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खल्ला–मसेट्टीको मुहार फेरिँदै, २५ वर्षपछि विद्युतीकरण

२०७७ पौष, २९  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित भारतीय सीमा क्षेत्रमा पर्ने बस्ती खल्ला–मसेट्टी र टुँडिखेल नगरकै दुर्गम बस्ती मानिन्थे । विकासको पूर्वाधारबाट पछाडि परेका यी बस्ती सडक सञ्जाल, विद्युत् र सञ्चारलगायतका सेवा–सुविधाबाट वञ्चित थिए ।

स्थानीय तहको सरकार बनेपछि खल्ला मसेस्टी र टँुडिखेलले विकासको गति लिएका छन् । भीमदत्त नगरपालिकाको पहलमा गत वर्ष नै सडक सञ्जालमा जोडिएको खल्ला–मसेट्टीमा अहिले विद्युतीकरण गरिएको छ । हालै नगर प्रमुख सुरेन्द्र विष्टले विद्युतीकरणको औपचारिक उद्घाटन गरे ।
 
०५२ सालदेखि बस्ती विकास भएको खल्ला–मसेट्टीमा २५ वर्षपछि पहिलो पटक विद्युत पुगेको हो ।

‘सधैं विकासबाट पछाडि परेको भनिने खल्ला–मसेट्टी स्थानीय सरकारको नेतृत्व आइसकेपछि हाम्रो प्राथमिकतामा पर्‍यो,’ नगरप्रमुख सुरेन्द्र विष्टले भने, ‘नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा लामो समयपछि त्यहाँ विद्युतीकरण गरिएको छ । सडक विस्तार भइसकेको छ । अब चाँडै सञ्चार सेवा पनि सञ्चालनमा आउँछ ।’

भीमदत्त नगरपालिकाको ११ लाख र बाँकी प्राधिकरणको सहयोगमा खल्ला–मसेट्टीमा विद्युत् विस्तार गरिएको उनको भनाइ छ । विद्युतीकरण भएपछि स्थानीयले जनजीविका सञ्चालन सहज हुने अपेक्षा गरेका छन् ।

खल्ला–मसेट्टीको विकासका लागि पूर्वाधार निर्माणसँगै  खानेपानी, सिँचाइका बोरिङ, सहज स्वास्थ्य उपचारका लागि स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । स्थानीय युवालाई स्वरोजगार बनाउन महाकाली नदीमा र्‍याफ्टिङ सञ्चालनको तयारी भइरहेकोे छ ।

भीनपा–९ का वडाध्यक्ष राम नाथले लामो समयको प्रयासपछि दुर्गम बस्तीले विकासको काचुली फेरेको बताए । उनले २०५२ सालदेखि बस्ती बस्दै आएकामा स्थानीय सरकारको नेतृत्वपछि विकासले गति लिएको दाबी गरे ।

उनका अनुसार तीन सय परिवार रहेको खल्ला–मसेट्टी र टुँडिखेलमा पूर्ण रूपमा विद्युत् विस्तार गरिएको  र सञ्चारका लागि नेपाल टेलिकमको टावर निर्माण भइसकेको छ ।
भारतीय सीमकार्ड प्रयोग गर्दै आएका स्थानीयले केही समयपछि आफ्नै स्वदेशी नेटवर्क प्रयोग गर्न पाउने भएका छन् । सीमा क्षेत्रको सुरक्षाका लागि त्यहाँ सशस्त्र प्रहरीको स्थायी बिओपी राख्न पूर्वाधार निर्माण तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)