ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना खोप किन्न आर्थिक जोहो गर्दै सरकार

२०७७ माघ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोरोनो भाइरसको शिकारबाट मुलुक आक्रान्त भइरहेका बेला सरकारले खोप किन्न आर्थिक जोहो गर्न थालेको छ ।

सबै नेपालीलाई खोपको सुनिश्चित गर्ने हिसाबले सरकारले उपलब्ध खोप किन्न रकम जुटाउन थालेको हो ।

सरकारले गतवर्ष नै कोरोना भाइरसविरुद्ध लड्न भन्दै ‘कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार कोष’ खडा गरेको थियो ।

प्रारम्भिक चरणमा कोषमा निजीक्षेत्रदेखि विभिन्न निकायले उल्लेखनीय रूपमा सहयोग गरे पनि रकम जम्मा हुने शृंखला पछि बिस्तारै सेलाउँदै गएको थियो । हाल उक्त कोषमा २ अर्ब ९० करोड रकम संकलन भएको महालेखा नियन्त्रक कार्यालयको आँकडामा देखिन्छ । अहिले उक्त कोषमा जम्मा भएको रकममध्ये २ अर्ब ४४ करोड खर्च भइसकेको छ ।

यो कोष मुख्यतः कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि खडा गरिएकाले स्वास्थ्य मन्त्रालयले खोप ल्याउन नयाँ कोष निर्माण गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार खोप ल्याउन सरकारको स्रोतले मात्रै थेग्न कठिन पर्ने भएकाले थप स्रोत जुटाउन सार्वजनिक रूपमै रकम जम्मा गर्नका लागि स्वदेशी संघसंस्था तथा दातृ निकायहरूलाई आह्वान गरिएको छ ।

गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको खोप किन्न स्वास्थ्य मन्त्रालयलाई स्वीकृति दिएको थियो ।

स्वास्थ्य मन्त्रालयले किन्ने खोप प्राथमिकताका आधारमा न्यायोचित हिसाबले लक्षित समूहलाई निःशुल्क रूपमा वितरण हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमको भनाइ छ ।

उनका अनुसार यो खोपले ठूलो मात्रामा मानिसको जीवन रक्षा हुने र अस्तव्यस्त भएको आर्थिक तथा सामाजिक गतिविधिमा समेत मद्दत पुग्ने भएकाले खोप विश्व बजारमा आउनासाथ जतिसक्दो छिटो किनेर नेपाल ल्याउने तयारी भएको गौतम बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)