ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलजला गाउँपालिकामा विदेशबाट फर्केका युवालाई अनुदान 

२०७७ माघ, ३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

माघ ३, पर्वत । पर्वतको जलजला गाउँपालिकाले विदेशबाट फर्किएका युवालाई व्यवसाय सञ्चालन गर्न अनुदान वितरण गर्ने भएको छ ।

कोभिड-१९ का कारण रोजगारी गुमेर फर्किएका युवालाई साना तथा घरेलु उद्यम, कृषि, पशुपालन, फलफूल खेती, ब्लक उद्योगलगायतका क्षेत्रमा लाग्न चाहेमा प्रविधि सहयोग गर्ने जानकारी दिइएको छ । गाउँपालिकाले युवालाई व्यवसाय सञ्चालन गर्न चाहेमा माघ १७ गतेभित्र निवेदन दिन आह्वान गरेको छ । 

जलजला गाउँपालिकामा कोभिड-१९ का कारण रोजगारी गुमेर फर्किएका युवाको संख्या करीब ४०० रहेको अनुमान छ । रोजगारी गुमेर फर्केका युवालाई व्यवसाय गर्न चाहेमा योजनासहित निवेदन दिन अनुरोध गरिएको प्रमुख प्रसाशकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

उनले विदेशबाट फर्किएका युवालाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्न अनुदानमुखी कार्यक्रम ल्याइएको बताए । तत्कालका लागि गाउँपालिकाले अनुदान वितरण गर्न रू. दुई लाख उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ । युवाको संख्या र मागका आधारमा अर्को वर्षदेखि बजेट बढाउने तयारी रहेको उनको भनाइ छ ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गाउँपालिकाले चालू वर्षको नीति तथा कार्यक्रममा युवालक्षित विभिन्न कार्यक्रम ल्याएको जानकारी दिए ।

कतिपय युवालाई नीति तथा कार्यक्रमअनुसारको कार्यक्रमले सम्बोधन गरिने मल्लको भनाइ छ । गाउँपालिकाले कृषि तथा पशुपालनतर्फका कार्यक्रमबाट पनि अनुदान दिने कार्यक्रम तय गरेको उनले बताए ।

गाउँपालिकाले बाँझो रहेको जमिन भाडामा लिएर तरकारी तथा फलफूल खेती विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गरेको छ । यसका लागि गाउँपालिकाले सबै वडामा बाँझो रहेको र सार्वजनिक जग्गा कब्जा गरिएको बारेमा खोजी गर्न शुरु गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)