ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे १० करोडको लागतमा धनगढीमा चिस्यान केन्द्र निर्माण हुँदै 

२०७७ माघ, ४  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

माघ ४, धनगढी । धनगढीमा साढे १० करोड रुपैयाँको लागतमा चिस्यान केन्द्रको निर्माण कार्य शुरु भएको छ । संघीय सरकारले धनगढी उपमहानगरपालिका–१९ मा चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी उक्त चिस्यान केन्द्रको निर्माण शुरु गरेको हो । 

चिस्यान केन्द्र निर्माणको करीब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । तोकिएकै मितिमा निर्माण सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको निर्माण कम्पनी रविना कन्ट्रक्सनका प्रोजेक्ट इन्जिनियर नविन भण्डारीले बताए । 

यसअघि दुई वर्षभित्रै निर्माण सम्पन्न गरिसक्नु पर्ने लक्ष्य तोकिएको भएपनि कोभिड–१९ का कारण हाल ६ महीना म्याद थप गरि निर्माण कार्यलाई तीव्र पारिएको उनको भनाइ छ । पुरानो निर्माण सम्झौता अनुसार गएको मंसिरमा चिस्यान केन्द्र निर्माणको काम सक्नुपर्ने थियो । तर कोभिड १९ का कारण लामो समय निर्माणको काम प्रभावित बन्न पुगेको हो । 

निर्माण कम्पनी रबिना कन्ट्रक्सनसँग २०७५ मंसिर १८ गते दुई वर्षभित्रै निर्माण सम्पन्न गर्नु पर्ने सम्झौता संघीय सरकारले गरेको थियो । अहिले पुनः ६ महीना म्याद थप गरेपछि चालू आवभित्रै निर्माण गरिसक्नुपर्ने समय तोकिएको छ । 

संघीय सरकारको १० करोड ४९ लाख ७३ हजार रुपैयाँको लगानीमा १५ कट्टा क्षेत्रफलमा चिस्यान केन्द्र निर्माण भइरहेको छ । दुई हजार मेट्रिकटन भण्डारण क्षमताको चिस्यान केन्द्रमा स्थानीयस्तरमा उत्पादित तरकारी भण्डारण गरिनेछ । 

चिस्यान केन्द्र नहुँदा यस क्षेत्रमा उत्पादित तरकारी तथा खाद्यन्न भण्डारणमा समस्या हुँदै आएको छ । चिस्यान केन्द्र बनेमा मौसमी तथा बेमौसममा उत्पादित तरकारी खाद्यान्न लगायत भण्डारण गरेर बेमौसममा पनि प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले बताए । उनले यस क्षेत्रका किसानलाई तरकारी खेतीतर्फ प्रेरित गर्न चिस्यान केन्द्र सहयोगि सावित हुने अपेक्षा समेत गरे । 

सुदूरपश्चिममा यस प्रकारको चिस्यान केन्द्रको आवश्यकता वितगदेखि नै देखिए पनि ढिलै भएपनि केन्द्र निर्माणले स्थानीय स्तरमा उत्पादित तरकारी भण्डारणका लागि मद्दत पुग्ने अपेक्षा स्थानीयले गरेका छन् । अब ‘तरकारी उत्पादन गरेर कहाँ भण्डारण गर्ने भन्ने समस्या हुँदैन, ज्ञान केन्द्रका प्रमुख शर्माले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)