ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वत जिल्लाका अधिकांश प्रशासनिक भवन भाडामा

२०७७ माघ, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
कुश्मा नगरपालिका ९ को वडा कार्यालयको शिलान्यास गर्दै नगरप्रमुख रामचन्द्र जोशी लगायत
author avatar रोशन तिवारी

माघ ५, पर्वत । स्थापना कालदेखि नै कुश्मा नगरपालिकाको प्रशासनिक भवन भाडाको घरमा छ । फलेवास नगरपालिकाले सिँचाइ कार्यालयको साँघुरो भवनमा कार्यालय चलाएको छ । 

जलजला गाउँपालिका, पैयुँ गाउँपालिका र मोदी गाउँपालिकाको भवन पनि भाडाकै घरमा छ । महाशिला गाउँपालिका साविकको बालाकोट गाविसको भवनमा सञ्चालन भइरहेको छ । बिहादी गाउँपालिकाले गत वर्ष प्रशासनिक भवन बनाएर कार्यालय चलाएपनि भवन निर्माणको काम पूरा भएको छैन । 

जिल्लाका अधिकांश स्थानीय तहका प्रशासनिक भवन भाडामा रहेका छन् । तर, वडा कार्यालयका भने नयाँ नयाँ भवन बन्न थालेका छन् । चालू आर्थिक वर्ष बिहादी गाउँपालिकाको वडा न. २, ४ र ६ को निर्माण कार्य भइरहेको छ । 

बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालका अनुसार वडा नम्बर १ को भवन बनाउन बजेट विनियोजन भइसकेको हुनाले जग्गा व्यवस्थापन हुँदैछ । वडा नम्बर ३ र ५ को अघिल्लो वर्ष निर्माण सम्पन्न भइसकेको छ । गाउँपालिकाले अघिल्लो वर्ष बनाएको प्रशासनिक भवनलाई विषयगत शाखा व्यवस्थापन गरी चालू आर्थिक वर्ष ४ करोड रुपैयाँ विनियोजन गरी १६ कोठाको २ तले नयाँ प्रशासनिक भवन निर्माण गर्न थालेको भुसालले बताए । 

जिल्लाको मोदी गाउँपालिकामा गतवर्ष वडा नम्बर ६, ३ र ४ को वडा भवन निर्माण भएको थियो भने चालू आर्थिक वर्ष  वडा नं २ र ७ को वडा भवन बनाउन टेण्डर आव्हान गरिएको छ । 

मोदी गाउँपालिकाको वडा नम्बर १, ८ र ५ को अर्को आर्थिक वर्ष निर्माण गर्ने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत किसानवहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको प्रशासनिक भवन समेत निर्माणको चरणमा रहेको छ । प्रशासनिक भवनको ६ कोठा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले बताए । 

कुश्मा नगरपालिकाका वडा नम्बर ९, १२ र १३ को भवन बनाउन थालिएको छ । अर्को वर्ष वडा नम्बर १, ३, ७ र ११ को भवन बनाउने योजना रहेको छ । कुश्मा नगरपालिकाले प्रशासनिक भवन निर्माण गर्न प्रस्ताव गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत हरी पंगेनीले प्रसासनिक भवन बनाउन डिपिआर तयार गरि पूर्वाधार विकास विभागमा समपुरक योजनामा समावेश गर्न सिफारिस गरिएको बताए । फलेवास नगरपालिकामा चालू आर्थिक वर्ष वडा नम्बर २, ९, १० र ११ को वडा भवन बन्ने चरणमा छन् । गतवर्ष वडा नं. ४ र ६ को भवन निर्माण गरिएको थियो । फलेवास नगरपालिकाको स्थायी केन्द्र तोकिएको हुनाले प्रशासनिक भवन पनि निर्माणको प्रक्रियामा रहेको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए । 

जलजला गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत अर्जुन शर्माका अनुसार ९ ओटा वडा मध्ये ३ ओटा वडाको भवन निर्माण गर्ने तयारी छ । वडा नम्बर ८ को वडा भवन निर्माण गर्न जग्गा व्यवस्थापन गरी लालपूर्जा प्राप्तिको अन्तिम चरणमा रहेको छ । वडा नम्बर ४ को भवन फड्केढुंगा आधारभूत विद्यालयलाई प्रतिस्थापन गरी सञ्चालन गरिएको छ । वडा नम्बर २ को भवन बनाउन जग्गा खोजी भइरहेको शर्माले बताए । 

पैयुँ गाउँपालिकाले प्रसासनिक भवन बनाउने प्रक्रिया अगाडी बढाएको छ । प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार प्रशासनिक भवन निर्माणका लागि ७ करोड बजेट लाग्ने अनुमान सहित डिपिआर तयार भएको छ । 

वडा नम्बर ४ र ७ को भवन निर्माणका लागि हालै ठेक्का लगाइएको पौडेलले बताए । पैयुँ गाउँपालिकाको वडा नम्बर २ र ५ को पर्खाल मर्मत सम्भार हुँदैछ । महाशिला गाउँपालिकामा चालू आर्थिक वर्ष वडा नम्बर ४ र ५ को भवन बनाउन प्रस्ताव गरिएको प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिए । स्थानीय तहका प्रशासनिक भवनले वार्षिक करोडौँ रुपैयाँ घरभाडामा खर्चिँदै आएका छन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)