ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘कर्पोरेट–पे’ डिजिटल भुक्तानीमा क्रान्ति !

२०७७ माघ, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले संस्थागत कारोबारका लागि कम्पनीको नामबाट सीधै भुक्तानी गर्ने डिजिटल प्रणाली ‘कर्पोरेट–पे’ ल्याएको छ । नेपाल राष्ट्र बैंकले नगदलाई भन्दा डिजिटल भुक्तानीलाई प्राथमिकता दिन जोड दिइरहेका बेला राष्ट्र बैंकको स्वामित्वसमेत रहेको एनसीएचएलले बजारमा यो नयाँ प्रडक्टको शुरुआत गरेको हो ।

यो प्रणालीको प्रयोग गरेर जुनसुकै व्यावसायिक संघसंस्थाले कसैलाई नगद तथा चेकको सट्टा सीधै संस्थागत बैंक खाताको नामबाट भुक्तानी गर्न पाउँछन् । यसले संस्थागत रेकर्डका लागि चेक काटेरै भुक्तानी गर्नुपर्ने बाध्यकारी अवस्थालाई पनि क्रमशः कम गर्दै लैजाने अपेक्षा रहेको एनसीएचएलका अध्यक्ष तथा राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले बताए ।

‘यस्तो कारोबारका लागि अब बैंक नै पुग्नु पर्दैन । एनसीएचएलले बैंकहरूलाई यस्तो प्रणलीको प्लेटफर्म दिएपछि आम संस्थागत कारोबारमा सहज हुन्छ । यसले बैंकिङ प्रणालीमा चेक र नगदलाई न्यूनीकरण गर्ने भएकाले कागजरहित कारोबारमा समेत सहयोग गर्छ,’ उनले अभियानसँग भने, ‘यो प्रणालीले डिजिटल भुक्तानीमा क्रान्ति ल्याएको छ । संस्थाको ठूलाठूला नगद तथा चेक भुक्तानीलाई एनसीएचएलको यो प्रणालीले कम गर्छ ।’

नगद वा चेकको सट्टामा वैकल्पिक च्यानल प्रयोग गरी डिजिटल भुक्तानी गर्न सकिने यो प्रणाली कनेक्ट आईपीएसमार्पmत रियल–टाइममा तथा एनसीएचएल–आईपीएसमार्फत
नन–रियल–टाइममा गर्न सकिन्छ । बजारमा डिजिटल भुक्तानीका धेरै छनोट छन् । वालेटमार्पmत, बैंकहरूमार्पmत सञ्चालनमा रहेका मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी र एनसीएचएलको आईपीएस तथा कनेक्ट आईपीएसलगायत व्यक्तिगत भुक्तानीका लागि प्रणालीको विकास भएको छ । तर, संस्थागत अर्थात् संस्थाको नाममा संस्थाकै तर्फबाट हालसम्म डिजिटल भुक्तानीको व्यवस्था थिएन । एउटा संस्थाको धेरैथरी कारोबार हुने गर्छ । भाडा तिर्ने, कर्मचारीलाई तलब दिने, स्टेशनरी, बत्तीलगायत भुक्तानी संस्थाकै नामबाट गरेर रेकर्ड राख्न कर्पोरेट–पे सहयोगी बन्नेछ ।

एउटा संस्थाको धेरैथरी कारोबार हुने गर्छ । भाडा तिर्ने, कर्मचारीलाई तलब दिने, स्टेशनरी, बत्तीलगायत भुक्तानी संस्थाकै नामबाट गरेर रेकर्ड राख्न कर्पोरेट–पे सहयोगी बन्नेछ । यस प्रणालीमार्फत अन्तरबैंक र सोही बैंकको फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, सामाजिक सुरक्षा कोषको योगदान भुक्तानी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको भुक्तानी र अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी सजिलै गर्न सकिन्छ ।

कर्पोरेट–पे सेवा लिन व्यावसायिक ग्राहकले आप्mनो बैंकमा सम्पर्क गरी स्वीकृति प्राप्त गर्नुपर्नेछ । यसपछि भने ग्राहकका प्रयोगकर्ता आफैले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानी बैंकको प्रत्यक्ष संलग्नताविनै गर्न सक्नेछन् । यो सुविधा विशेष गरेर मझौला तथा साना संस्थाहरूलाई सहज पुर्‍याउनेछ । यसले मझौला तथा साना संस्थाका लागि छुट्टै लगानी पनि गर्नु पर्दैन ।

अहिलेसम्म कतिपयले संस्थाको कारोबार व्यक्तिगत नामको कनेक्ट आईपीएसबाट पनि गर्दै आएका थिए । तर, यसो गर्दा कारोबार जोखिमपूर्ण हुनसक्छ । प्रेषक र प्रापकबीच कारोबार भए पनि संस्थाको नाम नजोडिँदा पछि अडिटमा समस्यासमेत देखिन सक्छ । तर, कर्पोरेट–पेले यस्तो खालको समस्यालाई समाधान गर्ने भएको छ । यो प्रणालीमा संस्थाले भुक्तानीका लागि स्वीकृतदेखिको काम गर्न सकिन्छ ।

अहिले संस्थाहरूको कर भुक्तानी अनलाइनबाट छ । व्यक्तिको खाताबाट कनेक्ट आईपीएसमार्फत पनि तिर्दै आएका थिए । तर, संस्थागतबाट सोझै तिर्न मिल्दैन थियो । अब भने यो सम्भव भएको छ । कर्पोरेट–पे लगइन गरेर सरकारलाई सोभैm मासिक आयकर र राजस्व तिर्न सक्नेछन् । यस्तो कारोबार पारदर्शी हुने अध्यक्ष शाक्यको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)