ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल र इजरायलबीच कामदार लैजाने ‘प्रोटोकल’ मा हस्ताक्षर

२०७७ माघ, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं  । नेपाल र इजरायलबीच कामदार लैजाने प्रोटोकलमा हस्ताक्षर भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरले बिहीवार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै तत्कालका लागि ५ सय नेपाली नागरिक इजरायलमा केयर गिभरका रूपमा काम गर्न जाने बाटो खुलेको छ ।

गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रमबजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्न बिहीवार ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । कार्यक्रममा नेपालका लागि इजरायली राजदूत खनान गोडेरले नेपाली श्रमिक लैजाने प्रक्रियालाई अब निरन्तरता दिने बताए । श्रममन्त्री गौरीशंकर चौधरीले केयरगिभरका साथै कृषिक्षेत्रमा नेपाली कामदार लैजाने व्यवस्था मिलाउन पनि राजदूत गोडेरसँग आग्रह गरेका थिए । यसअघि भएको श्रमसम्बन्धी सम्झौतामा इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्य र इजरायली विदेशमन्त्री गाबी अश्केनाजीले हस्ताक्षर गरेका थिए ।

प्रोटकलअनुसार सरकार– सरकारबीच (जीटुजी) सम्झौता भएकाले कामदार पठाउने प्रक्रियामा म्यानपावर संलग्न हुने छैन । इजरायल जाँदा लाग्ने हवाई खर्च श्रमिक आफैले तिर्नुपर्नेछ । इजरायलको श्रम कानून निकै नै श्रमिकमैत्री भएकाले तुलनात्मक हिसाबले अन्य देशभन्दा कम समस्या आउने गरेको छ । इजरायललाई श्रमिकमैत्री र आयआर्जन राम्रै हुने देशका रूपमा लिइन्छ । इजरायल जाने नेपाली कामदारले महीनाको १ लाख २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । श्रम सम्झौतामै केयर गिभरका लागि इजरायल जाने कामदारले न्यूनतम ९० हजार रुपैयाँ पारिश्रमिक तोकिएको हुन्छ । इजरायल जाने कामदारलाई स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चसहित लगभग ९ सय ५० डलर खर्च लाग्ने गरेको छ । उनीहरूले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । दुईदेश बीच भएको प्रोटोकल सम्झौतामा मुख्यतः पहिलो चरणमा सरकारले पठाउने ५ सय युवाले इजरायली श्रम कानूनअनुसार सेवासुविधा पाउने सुनिश्चि गरिएको छ भने इजरायलमा दक्ष र शीपयुक्त श्रमिक सरकारले पठाउन व्यवस्थित र पारदर्शी बनाउने उल्लेख छ ।

कार्यविधिमा पहिलो क्षेत्रका रूपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने उल्लेख छ ।

इजरायली रोजगारमा निजीक्षेत्रलाई सहभागी गराइएको छैन । इजरायलमा केयर गिभरको संख्या बढी छ र नेपालीहरू पनि धेरैजसो केयर गिभरका रूपमै नै त्यहाँ जाने गरेका छन । इजरायलमा करीब २ हजार ५०० को संख्यामा नेपाली रहेको सरकारी अनुमान छ । केही वर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले पछिल्लो समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो । इजरायलले कृषि तथा केयर गिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)