ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यति कार्पेटलाई पुरानै लयमा फर्काइँदै

२०७७ माघ, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कार्पेटको बजारमा करीब आधा अंश ओगटेको यति कार्पेट ३ वर्षअघि भीषण आगलागीबाट पूर्णरूपमा प्रभावित भयो ।

आगलागी हुँदा ४० करोडभन्दा बढीको क्षति केडिया अर्गनाइजेशनले बेहोर्नुपर्‍यो । व्यावसायिक जगत्मा पुरानो घरानाका रूपमा लिइने केडिया अर्गनाइजेशनले अहिले ५० करोडको लगानीमा यति कार्पेटलाई पुरानै लयमा फर्काउने प्रयास गरेको छ ।

आगलगीबाट क्षतिग्रस्त भएको उक्त उद्योगलाई नयाँ प्रविधिका साथ क्षमता विस्तार गरी गत महीनाबाट पुनः सञ्चालनमा ल्याउन सफल बनेको केडिया अर्गनाइजेशनका अध्यक्ष एवम् उद्योगपति अनिल केडियाले अभियान दैनिकलाई बताए ।

उनका अनुसार आगलागीबाट उद्योगमा भएको कच्चा पदार्थदेखि उपकरणसम्म ध्वस्त हुन पुगेको थियो । अहिले लगानी थपेर नयाँ उपकरण जडान गरी उद्योगको क्षमता पहिलेको तुलनामा दोब्बरभन्दा बढी बनाइएको छ ।

‘पहिले १ लाख २५ हजार मीटर उत्पादन क्षमता थियो । अहिले ३ लाख मीटर कार्पेट उत्पादन गर्न सक्छौं । उत्पादन समय र लागत दुवै कटौती भएको छ,’ अनिलले भने । उनका अनुसार यति कार्पेट उद्योग परिसरमा अहिले बुट्टारहित र बुट्टा कोरिएको गरी दुई खाले कार्पेट उत्पादन गर्ने बेग्लाबेग्लै प्लान्ट स्थापना गरी उत्पादन क्षमता बढाइएको छ ।

बजार विस्तारलाई समेत यति कार्पेटले पहिलेको तुलनामा अझ अघि बढ्ने किसिमले अघि बढाएको केडिया बताउँछन् । ‘रेमिट्यान्सले अहिले शहरमा भन्दा गाउँमा व्यापार बढाएको छ, हामीले बजार विस्तारलाई गाउँ केन्द्रित बनाउन बढी जोड दिएका छौं,’ केडिया भने ।

उद्योगका अनुसार आठओटा मुख्य डिलरमार्फत देशभर ६ सयभन्दा बढी सहायक डिलरमा यति कार्पेट ‘सेल’ भइरहेको छ । आगलागीपछि सञ्चालनमा आएको यति कार्पेटले पहिलो महीनामा ६ करोडको कारोबार गर्ने लक्ष्य राखेको थियो, ५ करोडको आसपासमा कारोबार हुने केडियाले बताए ।

कार्पेट क्षेत्रलाई थप माथि उकास्न उद्योगीले अपेक्षा गरेअनुसार राज्य संयन्त्रले गम्भीरतापूर्वक नहेरेको केडियाको गुनासो छ । ‘विभिन्न देशमा राज्य संयन्त्रले उद्योगीहरूलाई विश्वासमा लिएर काम गरिरहेको हुन्छ । तर, नेपालमा कहीँ कतैबाट हौसला र सहयोग पाइएन,’ उनले भने । सरकारसँग हातेमालो गरेर आपूmहरू अघि बढ्न चाहे पनि सरकारले आफूहरूलाई उपेक्षा गरेको उनको भनाइ छ ।

‘सरकार कर उठाउनमा मात्रै केन्द्रित भएको देखियो । करबाहेक अरू सोचेको पनि छैन । व्यापारीले जुन आदर, सत्कार पाउनुपथ्र्याे, त्यो कुनै उद्योगीले पनि पाएका पाउन सकेनन्, यो दुर्भाग्य नै हो,’ केडियाले भने ।

पहिले शतप्रतिशत कार्पेट विदेशबाटै आयात हुने गरेकोमा मागको ८० प्रतिशत स्वदेशी बजारले नै धानेको उनको भनाइ छ । कार्पेट क्षेत्रमा मुख्यगरी ६ ओटा उद्योग रहेका छन् । स्वदेशमा कार्पेट खपतबारे यकिन तथ्यांक कतै छैन । उद्योगीहरूको अनुमानअनुसार अहिले स्वदेशी बजारमा वार्षिक ७ देखि ८ अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको छ ।

नेपालबाट निर्यात हुने वस्तुमा कार्पेटको अंश पनि महŒवपूर्ण देखिन्छ । भन्सार विभागका अनुसार चालू वर्ष २०७७/७८ को मङ्सिरसम्म ३ अर्ब १० करोड बराबरको ‘ऊनी गलैंचा कार्पेट’ विदेशमा निकासी भएको छ । गतवर्षको २०७६/७७ मा भने ३ अर्ब २२ करोडको कार्पेट निकासी भएको थियो । गतवर्षको तुलनामा ३ दशमलव ६ प्रतिशतले कार्पेटको निकासीमा कमी आएको विभागको तथ्यांकले देखाउँछ । आगलागीबाट यति कार्पेटको उत्पादन नै ठप्प हुनु र ठूला महामारीका कारण उत्पादनमा आएको कमीले समेत निकासीमा असर परेको कार्पेट उत्पादकहरूको भनाइ छ ।

उनीहरूका अनुसार कार्पेट उत्पादन बढाउन सरकारले कच्चा पदार्थ आयातमा सहजीकरणदेखि स्वदेशी उद्योगको क्षमता वृद्धि गर्न सहुलियतपूर्ण कर्जासम्मको व्यवस्था गर्नुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)