ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुरेल समुदायको आर्थिक स्तर उकास्न होमस्टे

२०७७ माघ, १२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । नेपालकै अतिसीमान्तकृत सूचीमा रहेको दोलखाको सुरेल समुदायका घरमा होमस्टे सञ्चालनमा आएको छ ।  गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको सहयोगमा होमस्टे सञ्चालनमा आएको हो ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सुरीको मूलाबारीमा रहेको सुरेल बस्तीका ५ घरमा होमस्टे सञ्चालनमा आएको गौरीशंकर संंरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले बताए । होमस्टे सञ्चालन गर्न ५ घरधुरीका लागि प्रतिघर धुरी २० हजार रुपैयाँ बराबरका सामान  उपलब्ध गराइएको साहले जानकारी दिए ।

लोपोन्मुख सुरेल समुदायमा सञ्चालन गरिएको यो पहिलो होमस्टे हो । सुरेल जातिको मौलिक पहिचान तथा संस्कृतिको प्रचार–प्रसार र स्थानीयको आयआर्जनमा होमस्टे सञ्चालनले सहयोग पुग्ने सुरेल जाति होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष गोमा सुरेलको विश्वास छ । होमस्टेमा सुरेल जातिका मौलिक खानाका साथै संस्कृतिको प्रस्तुति हेर्न सकिनेछ ।

दोलखाको सुरीखोला आसपास मात्र बसोबास रहेको सुरेल जातिको जनसंख्या करिब १७ सय आसपास छ ।  सदरमुकाम चरीकोटबाट करिब ४० किलोमिटरको यात्रा गरेपछि होमस्टे रहेको सुरेल बस्तीसम्म पुग्न सकिन्छ ।

सुरेल जातिका २ सय ५ जनाले सरकारले उपलब्ध गराउने लोपोन्मुख भत्ता लिने गरेका छन् । सुरले जातिका हालसम्म २ जना मात्र सरकारी सेवामा कार्यरत छन् ।

गौरीशंकर क्षेत्र संरक्षण आयोजनाले विगत वर्षमा पनि आयोजना क्षेत्रभित्र पर्ने स्थानीयको आयआर्जनका लागि तथा पर्यटन प्रवद्र्धनका लागि गौरीशंकर गाउँपालिका वडा नम्बर ६ चंखु र ७ मार्बुमा गरी १७ घर, विगु गाउँपालिका वडा नम्बर ६ आलम्पु तथा वडा नम्बर ५ बिगुमा १२ घर र जिरी नगरपालिका वडा नम्बर १ श्यामामा ५ घरलाई होमस्टे सञ्चालनका लागि सहयोग उपलब्ध गराइसकेकोे छ । यस्तै, आयोजना क्षेत्रभित्र पर्ने रामेछापका विभिन्न स्थानका १५ घर तथा सिन्धुपाल्चोकका विभिन्न स्थानमा गरी २० घरलाई होमस्टे सञ्चालनका लागि सहयोग उपलब्ध गराएको आयोजनाले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)