ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतका अधिकांश पालिकाका प्रशासनिक भवन भाडामा

२०७७ माघ, १२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतका अधिकांश स्थानीय तहका प्रशासनिक भवन भाडामा सञ्चालन हुँदै आएका छन् । आफ्नै भवन नहुँदा स्थानीय तहले भाडाका लागि वार्षिक करोडौं खर्चनुपरेको छ ।

स्थापनाकालदेखि नै कुश्मा नगरपालिकाको प्रशासनिक भवन भाडाको घरमा छ । फलेवास नगरपालिकाले सिँचाइ कार्यालयको साँघुरो भवनमा कार्यालय चलाएको छ । जलजला गाउँपालिका, पैयुँ गाउँपालिका र मोदी गाउँपालिकाको भवन पनि भाडाकै घरमा छन् ।

जिल्लाका महाशिला गाउँपालिका साविक बालाकोट गाविसको भवनमा सञ्चालन भइरहेको छ । विहादी गाउँपालिकाले गतवर्ष प्रशासनिक भवन बनाएर कार्यालय चलाए पनि भवन निर्माण पूरा भएको छैन । जिल्लाका अधिकांश स्थानीय तहका प्रशासनिक भवन भाडामा रहे पनि वडा कार्यालयका भने नयाँ भवन बन्न थालेका छन् । चालू आवमा विहादी गाउँपालिकाको वडा नं. २, ४ र ६ को निर्माण भइरहेको छ । वडा नं ३ र ५ मा अघिल्लो वर्ष निर्माण सम्पन्न भइसकेका छन् ।

जिल्लाको मोदी गाउँपालिकामा गतवर्ष वडा नम्बर ६, ३ र ४ को वडा भवन निर्माण भएको थियो भने चालू आवमा वडा नं २ र ७ को वडा भवन बनाउन टेण्डर आह्वान गरिएको छ । मोदीको वडा नम्बर १, ८ र ५ को अर्को आर्थिक वर्ष निर्माण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए ।

कुश्मा नगरपालिकाका वडा नं ९, १२ र १३ को भवन बनाउन थालिएको छ । अर्को वर्ष वडा नम्बर १, ३, ७ र ११ को भवन बनाउने योजना छ । यस्तै फलेवास नगरपालिकामा चालू आवमा वडा नम्बर २, ९, १० र ११ को वडा भवन बन्ने चरणमा छन् । गतवर्ष वडा नं ४ र ६ को भवन निर्माण गरिएको थियो । जलजला गाउँपालिकाका ९ वडा मध्ये तीन वडाको भवन निर्माण गर्ने तयारी छ । पैयुँ गाउँपालिकाले प्रशासनिक भवन बनाउने प्रक्रिया अगाडि बढाएको छ । यस्तै महाशिला गाउँपालिकामा चालू आवमा वडा नं ४ र ५ को भवन बनाउन प्रस्ताव गरिएको प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)