ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलाली बहुमुखी क्याम्पस सुप विश्वविद्यालयमा समायोजन

२०७७ माघ, १३  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिममाञ्चल (सुप) विश्वविद्यालयको आंगिक क्यापसको रूपमा समायोजन भएको छ । विश्वविद्यालयका प्रवक्ता गोविन्द वल्लभ पन्तले लामो समयको प्रयासपछि कैलाली क्याम्पस सुप विश्वविद्यालयमा समायोजन भएको बताए ।

कैलाली बहुमुखी क्याम्पस यसअघि त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा थियो । २०७७ पुस ३ गते सुदूरपश्चिम विश्वविद्यालयको सम्पन्न आठौं साधारणसभाबाट स्वीकृत भएबमोजिम यसलाई सुदूरपश्चिमको आंगिक क्याम्पस बनाउने निर्णय गरिएको थियो । सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनेसँगै अब संस्थागत विकासको कार्यक्रम तीव्ररूपमा अघि बढाइने प्रवक्ता पन्तले बताए । चालू शैक्षक सत्रदेखि नै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको पाठ्यक्रम तथा कार्यक्रम सञ्चालन गरिने र त्रिविका कार्यक्रम क्रमशः प्रतिस्थापना हुने जानकारी उनले दिए ।

विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशी, राजिष्ट्रार डा. गोविन्दसिंह विष्ट र कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. पदमराज जोशी, क्याम्पस सञ्चालन समितिका अध्यक्ष सूर्यबहादुर थापा, उपाध्यक्ष धनगढी उपमहानगरपालिका मेयर नृप वड, समायोजन कार्य दल संयोजक तथा पूर्व अध्यक्ष घनबहादुर शाहबीच समायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

कैलाली क्याम्पस समायोजन विश्वविद्यालयका लागि महŒवपूर्ण उपलब्धिको रूपमा रहेको उपकुलपति जोशीले बताए । ‘विश्वविद्यालयका कार्यक्रमलाई थप विस्तारसँगै प्रभावकारी रूपमा अगाडि बढाउँछौं,’ उनले भने । क्याम्पसमा विशेष शैक्षिक कार्यक्रम सञ्चालनका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको उनले जानकारी दिए । कैलाली बहुमुखी क्याम्पसमा ११० शिक्षक, कर्मचारी र करीब १० हजार विद्यार्थी छन् ।

गत फागुनमा विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी सम्हालेका डा. जोशीले कैलाली क्याम्पस समायोजन प्रक्रियालाई प्राथमिकताका साथ अगाडि बढाएका थिए । कैलाली क्याम्पस समायोजनसँगै विश्वविद्यालयका आंगिक क्याम्पस १५ ओटा पुगेका छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)