ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘मुख्यमन्त्री नमूना कृषि गाउँ’ कार्यक्रम सञ्चालन

२०७७ माघ, १६  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । डँडेलधुराका चार स्थानीय तहमा सुदूरपश्चिम प्रदेश सरकारले  ‘मुख्यमन्त्री नमूना कृषि गाउँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रमका लागि चार स्थानीय तहका ५ वडा छनोट गरिएको छ । कृषि ज्ञान केन्द्र डँडेलधुराका प्रमुख रामचन्द्र भट्टले कार्यक्रम सञ्चालनका लागि अन्तिम तयारी भइरहेको बताए ।

चार वडामा गत आर्थिक वर्षकै कार्यक्रमलाई निरन्तरता दिइएको र एक वडा थप गरिएको उनले जानकारी दिए । जिल्लाको अमरगढी नगरपालिका–१, भागेश्वर गाउँपालिका–४, आलिताल गाउँपालिका र गन्यापधुरा गाउँपालिकाका वडा नं ३ र ४ मा उक्त कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ ।

चालू आर्थिक वर्षमा गन्यापधुरा गाउँपालिका–४ मा मसला उत्पादनका लागि कार्यक्रम स्वीकृत भएको छ । अन्य पालिकाका चार वडामा गत आवदेखि नै व्यावसायिक तरकारी खेतीका कार्यक्रम सञ्चालनमा रहेको केन्द्रका प्रमुख भट्टले बताए । कार्यक्रममार्फत एक नमूना गाउँका १०० कृषकलाई ५० लाख रुपैयाँ बराबरको प्राविधिक सहयोग गरिनेछ । ‘अहिले कार्यक्रम सञ्चालनका लागि अन्तिम चरणको काम भइरहेको छ, आवश्यक कृषकको छनोट हुँदै छ,’ भट्टले भने । कार्यक्रम अन्तर्गत कृषि उपकरण खरीदका लागि शतप्रतिशत अनुदानको व्यवस्था उनले बताए ।

यद्यपि उपकरण खरीदमा केही योगदान कृषकको समेत भएमा उनीहरूले अपनत्व ग्रहण गर्ने र कार्यक्रमको प्रभावकारित बढ्ने उनको भनाइ छ । आवेदन माग गरी कृषक छनोट प्रक्रिया अघि बढेकाले फागुनदेखि कार्यक्रम सञ्चालन हुने केन्द्रले बताएको छ । प्रतिनमूना गाउँ ३० हेक्टर क्षेत्रफलका १०० किसान कार्यक्रमबाट लाभान्वित हुनेछन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)